Posted by: ritthe July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

तिमी जुन रहर ले म मा फुल्न आयौ,
सबै सुख हराए सधैं चोट पायौ।
म डुब्नु किनारा, कहाँ हास्न सकुं।
ब्यर्थै तिमीले मेरो हात समायौ।

बैशालु ती तिम्रा रहरहरुमा न मैले कहिले हरियाली कोरें,
रक्ताम्य ती तिम्रा अधरहरुमा न मैले कहिले खुशीयाले पोतें

र शायद रिसायौ तिमी भित्र भित्रै, न भित्री तिम्रा खुल्दुली सोधें 

रुझे  हुन ती तिम्रा पलक र आँखा म संग कहिले ईशारा नबोल्दै
रुखे हुन ती तिम्रा यौबन र भाखा म संग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैंशलाई जो सुन्यता संगै बिलाए म जस्तै .

Read Full Discussion Thread for this article