Posted by: ratobhaley July 20, 2008
Himani goes to Singapore
Login in to Rate this Post:     0       ?        

हिमानी सन्तानसहित सिंगापुर

पूर्व युवराज्ञी आफ्ना तीन सन्तानका साथ सिंगापुरतिर लागेकी छिन् ।

नेपालमा आफ्ना सन्तानको सुरक्षा नभएको भन्दै १५ दिन अघि आफ्ना सन्तानका लागि सिंगापुरमा आवास र शिक्षाको खोजीमा पूर्व युवराज पारस शाह सिंगापुर लागेका थिए । उनी सिंगापुर गएलगत्तै नेपालमा अनुमान गरिएझैँ उनलाई पछ्याउँदै हिमानी आफ्ना तीन सन्तानसहित सिंगापुर लागेकी हुन् ।

उनका तीन सन्तानहरु राजधानीस्थित रुपिज् इन्टरनेशनल स्कूलमा अध्ययन गरिरहेका थिए ।

गएको जेठ १५ गते नेपाललाई गणतन्त्र घोषित गरिएको थियो भने पूर्व राजा ज्ञानेन्द्रलाई नेपाल सरकारले नारायणहिटी दरबार १५ दिनभित्र छाड्न अनुरोध गरेको थियो । जसअनुसार समयमा नै ज्ञानेन्द्रले दरबार त्यागेका थिए भने त्याग्नुअघि आफ्ना भनाइ राखेका थिए ।

त्यसयता पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पारसबीच बोलचाल नभएको बताइएको थियो । बाबुछोराबीच कटुता बढेपछि पारस सिंगापुर लागेको अखबारहरुले आफ्नो समाचारमा जनाएका छन् ।

Read Full Discussion Thread for this article