Posted by: bikash kc July 17, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        

राष्ट्रपतिका लागि माओवादीसंग सहकार्य गर्न दौडिएको एमाले राष्ट्रपतिमा पार्टी नेता माधव नेपाल पछारिएपछि माओवादीले धोका दियो भन्दै हिडेको छ । एमालेका नेताहरु-माओवादी त फटाहा पो रहेछन भन्दै जसरी हुन्छ अब राष्ट्रपति र उपराष्ट्रपतिका माओवादीका उम्मेदवारलाइ हराउने दाउमा लागेका छन । तर हराउने कसरी हो पत्तो छैन । 
राष्ट्रपतिमा रामराजाप्रसाद िसंह र उपराष्ट्रपतिमा शान्ती श्रेष्ठलाई समर्थन गर्ने माओवादीको निर्णयलगत्तै बसेको एमालेको केन्द्रिय समितिको अनौपचारीक बैठक बसेर माओवादीको निर्णय कपटपुर्ण र धोकपुर्ण रहेकाले अब माओवादीसित कुनै राजनीतिक सहकार्य नगर्ने निर्णय गरेको रहेछ ।

यत्ति मात्र कहां हो र माओवादीको नेतृत्वमा बन्ने सरकारमा नजाने र माओवादीसंगका सबै सहकार्यका बाटा बन्द भएको निर्णय समेत गरेको रहेछ । बुधवार बेलुका माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा भएको बैठकमा दाहालले माधव नेपाललाइ राष्ट्रपतिमा समर्थन गर्ने वचन दिएर पनि विहिवार आएर एकाएक निर्णय उल्ट्याउने काम गरेको एमालेको आरोप छ ।

अब आफ्ना सबै गतिविधि माओवादी विरुद्ध केन्द्रित गर्नका लागि राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार डा रामवरण यादवलाई समर्थन गर्ने र उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको पक्षमा समर्थन जुटाउने नयां खेलको निर्माण समेत गरेको छ ।

तर यि दुबै खेलका लागि तराइकेन्द्रित दलको समर्थन आवश्यक पर्छ नै । तराइका दल जत्ता जान्छन उतैको पल्ला भारी हुने हो ।

जे होस आजका दिनमा एमालेका नेताहरुको अनुहार चै हेर्न लाएक नै छ । कार्यबाहक महासचिव रहेका झलनाथ खनालको त मुटुमा ठ्ग्रो ठोकेको हो । कार्यबाहक हुंदै लिएको नीति असफल भएपछि निर्वाचित महासचिव हुने लोभमा रहेका खनालको मुढुको धड्कन बढ्नु त सामान्य नै हो नी ।

http://www.hamroblog.com/?p=358#more-358

Read Full Discussion Thread for this article