Posted by: waka July 15, 2008
गुहार !भानु बाजे,गुहार !
Login in to Rate this Post:     0       ?        

समयको बेस्तताले भानुको सम्झनालाई अली पछी भए पनि टासेको छु
आशा छ ,पढिदिनु हुने छ

गुहार !भानु बाजे,गुहार !


गुहार ! गुहार!
म लुटिए ,मेरो स्वाभिमान लुटियो
मेरा बोली अतिक्रमणमा चुटियो
आफ्ना जस्ता लाग्ने आफ्नै अनुहार टासेका
आफ्नै मान्छेबाट थिचिएर
म निरह प्राणी झै आँफै सँग हारी रहेछु
प्रदुषणमा निसास्सिएको अजिबको ओठ खारी रहेछु 
जिउदा मान्छेको भर छैन
आर्काको जिब्रोको स्वाद छैन
तेसैले तिमीले स्रिजिएको मिठो बोली बोल्न
तिमीको बिर्खे टोपी नेपाली शिरमा उन्न
गुहार ! भानु बाजे , गुहार! 
किनकी
आजभोली जिउदा मान्छेहरु आँफै सँग डराएका छन
बेमौशमको जात्रामा भुली
आफ्नै घर गाउको माटो हराएका छन
हुट्टिट्याउले झै आँफै आकाश थामेको कथा बरबराएका छन
तेसैले ,निया माग्न जाने बाटो बन्द छन
निया दिने ठाम आँफै द्वोन्दमा छन 
तिम्रा पाठशाला र पुस्तकहरु सन्सोधन भई
च्याउ खेती झै स्कुल भएका छन  
तिम्रा रमायाण र बधु शिक्षा परिवर्तन भई
खोइ के जाती र्याप ,हिपहप भएका छन
तेसैले गुहार भनु बाजे गुहार
तिम्रा चपलाहरु निर्जल भएका छन
तिम्रा आदर्श घासीहरु स्वार्थले थिचिएका छन  
मलाई फेरी कान्तिपुरी नगरि चाहिएको छ
गुनकेसरी शिरमा बोक्ने चपला चाहिएको छ
टुटेफुटे अङ्रेजी मिसावट भाषा भन्दा
लय हालेर गाईने शिलोक चाहिएको छ
कोलाहल र भिड भित्र रङमङिएको आयतित सभ्यता भन्दा
बासुरी र मादलको ताल चाहिएको छ
अब त अती भो
स्वाभिमानलाई बन्धकी राखी हास्ने लाज भयो
आत्मासम्मानलाई बेची उधारो बाँच्न लाज भो
भानु बाजे ,गुहार !गुहार! गुहार!

भुपेन्द्र महत
कोलोराडो ,अमेरिका 
 

Read Full Discussion Thread for this article