Posted by: Rahuldai July 15, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        

बिर्खे जी,
हो भन्या। मन हुनु त जगिया को जस्तो। हिन्दी गाना छ नि- हम काले है तो क्या हुवा दिल वाले है। ठ्याम्मै मिलेको।

नेत्रे जी,

जगियाहरु धेरै होलान, बुझ्ने ले बुझी दिदैनन पो । धेरै  जगियाहरु अपराधको दल दल मा फस्दै गएका छन। शाक्य सर जस्तो हाकिम पनि त हुनु पर्‍यो नि > कसो?

बिस्टे जी,

लामो लामो कथा लेखेर ताली भन्दा बढी गाली खाइयो। जगिया को कथा अझै एक एपिसोड लम्ब्याउन सकिन्थ्यो तर लम्ब्याइन। फुर्सद पनि सधै ग्रिष्मको घाम हुँदैन नि।
जगिया मा अब के कमी थियो। १ लाख नगद र एउटा स्कूटर दहेजमा पाउथ्यो। एक से एक कुमारी  छमियाहरु  पाउथ्यो। गाउंको एक मात्र सरकारी अड्डा मा नोकारीइ गरेको लक्का र पक्का जवान थियो। स्वार्थ भन्दा मानवता बोल्यो जगियाको आत्मले।

चिप्ले जी,
जगिया को मन साच्चै नै बेमिशाल थियो।

 

Read Full Discussion Thread for this article