Posted by: crazy_love July 14, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

म "अपरेसन ००३" सङ हिंडेको एक हप्ता मात्र भाको छ। तर यो एक हप्तामा मैले उसलाइ कुनै कुनै बेला बाहेक अरु समयमा पारदर्शी देखेको छु। उ खुशी हुन्छे, त्यो उसको भावमा झल्कि हाल्छ। दुखि हुन्छे, मुखै फोरेर बताइ हाल्छे। कहिले रिसाँउछे, उसको रिस पनि कसैको आँखाबाट लुक्दैन। सबै कुरा छर्लङ जस्तो उसको अनुहारमा। पानी जस्तै निर्मल जस्तो देखिन्छे। उ नबोले पनि म उसको मुहारको भावबाट सबै पढ्न सक्छु जस्तो लाग्छ। उ आधारातमा हिंडेको कुरा अझै मेरो लागि रहस्य छ यदि मैले उसको निद्रामा हिंड्ने बानीलाइ पत्याइन भने। उसको लेखबारे मैले उ सङ सोधेको छैन। किनभने लेखमा रितुको नाम छैन, कोहि अरुको छ। उ बिषेश इन्वेस्टिगेसनमा आजिबन कारागरमा परी भने उसको जिबन प्रतिको त्यो उत्साह के होला? उ जिबन्त छे। मन फुकाएर हाँस्न सक्छे, धित मरुन्जेल रुन पनि। अहिले मलाइ यस्तो लाग्छ उ सङ केहि छैन, सबै उजागर हुन्छ जब उसको अनुहारमा आएको  बिभिन्न रङहरुलाइ बुझ्न सकियो भने। यो मेरो देशको संकुचित बाताबरण हो, जसले मलाइ उ प्रति शँका धेरै गर्न बाध्य बनाँउछ। तर मेरो देशको परिबेश नैं यस्तै छ, म के गरुँ? त्यो रात म भित्र अर्को "म" ले "अपरेसन ००३" को बचाउ गर्ने प्रयाश गरिरह्यो। मैले त्यो अर्को "म" लाइ त्यस्तरी सजग भएको कहिले पाएको थिन। यसको मतलब म "रितु" लाइ मन पराउन थालेको छु? मैले आफ्नै मन सङ सोधें। मेरो मनले ठोस जवाफ दिन सकेन। म रातभरी रितुको टिठ लाग्दो भबिस्य कल्पिदैं बसे।

बिहानै "००३" को मुख हेर्न मन लाग्यो। एकदिन आरामको कारण होला, उसको मुहारमा तेज थ्यो। उ गित गुनाउदैं "ब्रेकफास्ट" खान आएकि थी। उसले सधैं भन्दा बढी कफी पिएकी थी। उस्को भावमा म त्यो "रहस्य" खोजिरहें, जसको लागि म उसको सुरक्षाको निहुँमा आएको थें। उ बिल्कुलै फरक लागि मलाइ अरु केटिहरु भन्दा। कस्तो स्वाभबिक ब्यक्तित्व, कतै क्रितिमता देखिदैंन। म उसको बारेमा जति सोच्दैथें, त्यति गहिरिदैं थे उ सङ।

"मिन्जो! तिम्रो आँखा कस्तो रातो? के भयो हँ" उसले पाउरोटिमा बटर दल्दै सोधी।

"राति अलि निद्रा परेन।" मैले झुठ बोल्ने प्रयास गरें।

"त्यस्तो निद्रा नलाग्ने गरी कसलाइ सम्झेर बसेको नि? कि याद आयो उसको?" उ जिस्काउन थाली मलाइ।

"होला, होला। भोली त भेट हुन्छ होला नि रङूनमा। आजैदेखी किन नसुतेको?" सासाले अरु थपी।

"ह्या, तिमीहरुको काम छैन जे पायो त्यही भनेर जिस्काउन मलाइ।" मैले संयमित भएर भने। मनमा त "अपरेसन ००३" ले जग हाल्न शुरु गरेकि थी। मैले अरु राम्री केटिहरुलाइ सम्झिन कोशिश गरें र मनलाइ सम्झाएं एकरति राम्री छैन यो रितु त। के अन्धो हुन लाग्या होला? म उठें।

"सुन न, मिन्जो! तिमी हिजो त्यो लोकल् मार्केट गाको हो?" रितुले सोधी फेरि।

"किन र? गाको हो म।" मलाइ त्याँबाट छिटो भन्दा छिटो भाग्न मन लागेको थ्यो।

"आज साँझमा मलाइ पनि लग न। सासा उसको फुपुका जाने रे। म एक्लै हुन्छु। मलाइ अङरेजी बोलेको देखेरे पैसा बढाइहाल्छन्। अलि अलि डी.वी.डी हरु किन्न मन छ क्या।" मुखमा राख्न लागेको मेवाको टुक्रालाइ प्लेटमा राख्दै भनी।

"म आज सीमातिर हेर्न जान्छु भनेको।" मैले सकेसम्म रितुसङ टाढिन खोजें।

"रितुले तिमीलाइ सीमा घुमाँउछे। तिमी उसलाइ बजार घुमाउन त। मेरो फुर्सद भए तिमीलाइ भन्दिन थें। उसलाइ शपिङ गर्न मन लाग्यो रे क्या।" सासाले अनुरोध गरी। परिस्थिति झन अनुकुल बन्दै आइरहेको थ्यो। मलाइ चाँही अरु पीर लाग्दै थ्यो।

"हुन्छ" भन्नै पर्‍यो। बेलुकी हामी पाँच बजे पहिला सीमा हेर्न गयौं। "००३" ले सीमा नजिकैको जङलबाट पनि मान्छेहरु ओहोरदोहोर गर्छन् रे भनी। साँच्चै सानो खोला तरेपछि थाइ जङल आँउथ्यो। त्यहाँ बाट केहि समय तर्‍यो भने सजिलै थाइल्यान्डको उत्तरी भागमा पुगिन्थ्यो। मैले त्यो चोर बाटो हेरें र "अपरेसन ००३" लाइ हेरें। मनले यही समयमा उसलाइ त्यो चोर बाटोबाट भाग भन्न मन लाग्यो। तर के कारण जाउ भन्नी? उ त जान्छे ? म त यहिँ बस्नु पर्छ। कसरी रङून फर्किने। उसलाइ सघाएको आरोपमा मैले सँजाए भोग्नु पर्छ। मेरो मनले धेरै कोशिस गर्‍यो "रितु, तिमी यो बाटोबाट जाउ। तिमी रङून नफर्क। त्यहाँ तिम्रो यात्रामा ठुलो तगारो छ।" घाँटी सम्म आएको शब्दहरु फेरि उहि बाटो फर्किन्थे। म कर्तब्य र भावनाको भुमरीमा घुमिरहें।

त्यसपछि मैले उसलाइ लोकल बजार लगे। उसले एउटा लुगा मन पराइ। गुलाबी शर्ट लाइ उठाएर  ऐनामा हेर्दै सोधी।

"मिन्जो! यो कस्तो छ ? मलाइ सुहाँउछ ?" उ मेरो मनमा भइरहेको कुराहरुबाट बेखबर थी।

"तिमी लाउने मान्छे। मलाइ के थाहा ? मन पर्‍यो भने किन न।" मैले सिधा उत्तर दिंए। तर गुलाबी रङले उ अझै उज्याली देखिएकी थी। मेरो मुटु कमजोर हुन लागेको थ्यो। केहि बेर पैसा मोलतोल गरेपछि उसले त्यो शर्ट किनी। हामी त्यो पसलबाट अर्को पसलतिर लाग्दैथयौं। पसलेले पछाडिबाट बोलायो।

"सर!" मैले फर्केर हेरें।

"तपाइको श्रीमतीको लुगा यहीँ छुटेछ।" मैले केहि नभनी उसको शर्ट बोकेर आँए। "००३"को लोग्ने पनि भएँ म एकैछिनको लागि। अलिकति रमाइलो अलिकति कस्तो कस्तो लाग्यो मलाइ त्यो क्षण। उ DVD पसलमा पुगी र एक दर्जन अङरेजी फिलिमहरु किनी। पार्टी  म्युजिक भनेर पसलेले बजायो, उ कुम र टाउको हल्लाउन थाली, त्यो पनि किनी। हिंड्न लाग्दा त्यो पसलेले "तपाइकी गर्ल्फ्रेन्ड त रमाइली रैछ" भन्यो। म फेरि एकै छिनको लागि उसको ब्वाइफ्रेन्ड बनें। फेरि मिस्रित भाबना आयो मनमा। उसले झुम्का किनी, ब्रासलेट, ब्याग के के किनी। उ रङूनमा भोली हुने घटनाबारे सजग भएकी भए यतिधेरै किनमेल गर्दिन थी। मेरो मन फेरि अमिलिन थाल्यो। हामी होटेल फर्क्यौं, मैले उसलाइ त्यो "बोर्डर" बाट भाग भन्नै सकिन। म मतलबी भएँ, स्वार्थी भएँ र उसलाइ भोलीको कालो रात बारे केहि भनिन।

खाना खान पनि मन लागेन, जुठो गरेर मात्र उठें। म भित्रको छटपटीले  अस्याधै पोल्दैथ्यो। घरि अहिले गएर उसलाइ भोलीको कुरा भन्न मन लाग्थ्यो। घरि त्यस्तो गल्ती गर्न हुन्न जस्तो लाग्थ्यो। म दोसांधमा उभिएर उसको मुक्तिको कामना गरिरहेको थें। च ले त्यसैबेला फोन गर्‍यो।

"एउटा राम्रो समाचार छ।" उसको बोलीमा खुशी थ्यो।

"के "अपरेसन ००३" लाइ अरेस्ट नगर्ने भयो?" मेरो मुखबाट अचानक कुरा निस्कियो।

"के भन्छ यो? तलाइ जतिखेर पनि त्यो "अपरेसन ००३" किन याद आँउछ हँ? कि लब पर्‍यो?" उ छक्क पर्‍यो।

"त्यस्तो होइन। उसको बानी हेर्दा त्यती धेरै रहस्यमय लाग्दिन। त्यहि भएर सोधेको।" मैले आफुलाइ सकेसम्म लुकाउन थाले त्यो अर्को "म" देखि।

"त्यो त अब परीसकी इन्वेस्टिगेसनको दलदलमा। त्यसलाइ भगवानले पनि बचाउन सक्दैन।" मुटु झन पोल्न थाल्यो मेरो उसको कुरा सुनेर।

"के राम्रो समाचार सुनाउने भन्या त तैले?" मैले प्रसङ मोड्ने प्रयास गरें।

"न्वे र मेरो बिबाह यही मे मा हुने भयो। उसको  अभिभावकले हामीलाइ अनुमति दिनु भयो।" उ बच्चा जस्तै खुशी थ्यो उता, यता मेरो अंकुरित प्रेम मर्न लागेको थ्यो।

"बधाइ छ तलाइँ"। भन्दै उसको प्रेमको बारे सम्झें। उसको र न्वेको २ बर्सदेखि प्रेम थियो तर न्वेको परिवारले उसलाइ मन पराएको थेन। अहिले सबै कुरा राम्रो भएछ।

"म भोली तलाइ एयरपोर्टमा लिन आँउछु अनि सबै योजना बताउला बिहेको बारेमा। तँ त्यो बिदेशीको चिन्ता गर्न छोड्दे। उसले जे गरी, त्यही भोग्दैछे। तैलें मेजर "कोसाइ" को घटना बिर्सिस। जापानिज केटीसङ उसको प्रेम भएको था पाएर उसको लाश कसरी बेपत्ता पारिएकोथ्यो २ बर्स अघि। तंलाइ पनि अरु बाँच्न मन छ भने त्यो "००३" लाइ मन बाट निकाल्दे।" उसले अर्को दुखद् घटना सम्झायो। इन्काउन्टरमा मर्‍यो भनेर मेजर "कोसाइ" लाइ बिदेशीसङ धेरै हेलेमेल गरेको कारण सरकारले मारेकोथ्यो। त्यसको आवाज उठाउने हिम्मत  उसको परिवारले पनि गर्न सकेन।

"मलाइ निद्रा लाग्यो। ल भोली रङूनमा भेटेर कुरा गरौंला" भनेर मैले फोन राखें। यतिखेर मलाइ उसको खुशी भन्दा रितुको चिन्ता थ्यो। त्यो भोली यतिखेर के गर्छे होली? मैले किन उसलाइ सहयोग गर्न सकिन ? के यो सबै भाबनाहरु प्रेमकै कारण जन्मेका हुन् त? मलाइ त्यो रात पनि निद्रा परेन।

क्रमश:

Read Full Discussion Thread for this article