Posted by: sajhabusaima July 14, 2008
God doesn't exist
Login in to Rate this Post:     0       ?        
सायद हुन सक्छ हरेक मानिस को भिन्दा भिन्दै सोच हुन्छ र मेरो लेख अलिकति माथि को प्रसंग भन्दा बाहिर पानि जाने छ । साथिहरु हो म भगवान तपाइहरु ले भनेको तरिका ले मान्दिन हुन सक्छ मलाइ गिता र बेद का किताब ले त्यति ज्ञान दिन सकेन जति समाज मा घटेका घटना हरु दिए । मेरा गाँउ का कान्छो सार्कि लाइ क्रिसचन धर्म मन पर्यो किन कि जात भात को मतलब छैन, मेरा गाँउ का ज्याना चौधरि क्रिसचन धर्म समाए किनकि उनलाइ उनिहरु ले खान र लगाउन का लागि लुगा दिन लागे। अनि शक्ति खोर तिरा का चेपाङ दाइ क्रिश्चियन भए हिन्दु भनेको के हो भनेर बुझ्दै नबुझ्नाले ।

 तर यसले के देखाउछ त  सरसर्ति मा हिन्दु धर्म मा कमजोरि रहेको देखाउछ र हामि ले हाम्रो धर्मलाइ कसरि मानिरहेका छौ भन्ने पनि देखाउछ । मरे पछि स्वर्ग पुगिन्छ रे भनेका भरमा एउटा १० कक्षा पास नगरेको पंडित को कुरा सुनेर लाखौ रुपयाँ  पुजा लगाउन मा सक्छौ तर  देश मा खाना, लाउन र बस्न  नपाएर मरेका भोका नाग्गा लाइ केहि समय चट्कै भुलि दिन्छौ । मुर्ख मनुष्य त्यो पैसा त्यसरि उडाउनु भन्दा भोका पेट हरु लाइ खान देउ, नाङ्गा शरिर लाइ बस्त्र देउ, बास नभएका लाइ बास देउ। पानि नभएका ठाँउ मा पानि पुर्याइदेउ, डाक्टर नभएका ठाँउ मा धामि होइन एउटा हेल्थपोस्ट मात्र भएनि पुर्याइ देउ, त्यसले दिने आन्नदनै र आशिषले नै तिमि लाइ स्बर्ग पुर्याउनेछ। 

आज पनि हाम्रा गाँउ मा दलित जाति ले हिन्दु धर्म चाहेर राम्रो सँग मान्न पाएका छैनन् , अझ पनि हाम्रा गाँउ का कति दिदि , बहिनिहरु लाइ धर्म को नाम मा पिरियड हुदा घर बाट बाहिर निकालिन्छ , गोठ वा आर्का को घर मा सुत्नु पर्छ।के यहि त हामि ले प्राक्टिस गरेको धर्म । अनि के ठुला भनौदा हरु सराद र धार्मिक कार्यक्रम मा लाखौ खर्च गर्ने अझ हाँसो उठदो हामि पशुपति गयौ भने देख्न सक्नेछौ, त्याँहा केहि इन्डियनहरु ले बाग्मति को फहोर पानि चढाउन दिदै यो चढाएमा स्वर्ग पुगिन्छ भनेर सारा नेपालि ठगिरहेको हुन्छ । मुर्ख मानव कोहि भोका भोकै मर्ने भोको पेट लिएर, नाङ्गो शरिर त्यसै मर्ने एक सरो कपडा नपाएर अनि सडक का पेटि मा जिन्दगि बिताउनु पर्ने बासास्थान नभएर।

 किन हामिले हाम्रो धर्म मा समया सापेक्षिक परिबर्तन नगर्ने अब । आज सम्म कति बटा पंण्डित हाम्रा दिदि बहिनि भएका छन अनि दलित वा जनजाति भएका छन् , किन आज सम्म कति ग्रन्थ हरु हाम्रा दिदि बहिनि वा जनजाति लाइ पढन दिइन्न , अनि के आसा गर्ने त पिल्सिएका हरुले ? अव हिन्दु धर्म बाट। म त भन्छु  यसमा जति सक्दो परिबर्तन आउनु पर्छ। आज पनि भारतिय बिस्तारबाद ले बिश्वहिन्दु परिषद का नाम बाट शासन चालउदै छ हामि माथि हिन्दु भएको नाम मा? हाम्रो देश का बिकास मा जुटेका पंण्डित पोख्रेल लाइ कसले मार्यो त ? आज किन हाम्रा देश मा धर्म परिबर्तन गर्ने लहर आएको छ किन आज हामि लाइ हाम्रो धर्म संस्क्रिति को रक्षा गर्न हम्मे परिरहेको छ । यसको एउटै उत्तर हो हामि ले हाम्रो धर्म लाइ सहि तरिका ले मान्न सकि रहेका छैनौ।

मलाइ लाग्छ जब सम्म हामि ले हाम्रा हरेक नेपालि लाइ शिक्षित बनाउन सक्दैनौ। अन्धबिश्वास , कुरिति र कुसंस्कार ले जरा गाडि रहने छ, त्यति बेला सम्म हाम्रा देशका हरेक नेपालि ले हिन्दु धर्म को महत्व बुझ्न सक्ने छैनन् । मेरो सोचाइ मा हिन्दु धर्म मा एउटै भगवान छन् त्यो हो ॐ र अरु सबै भगवान का क्रेसन हुन । चाहे ति राम हुन , चाहे त्यि हनुमान । तर के हुनु पर्छ भने  धर्म मा हरेक जाति , लिङ्ग अटाउनु पर्छ जुन कुरा अहिले सम्म संभब बनिसकेको छैन।

टिना मानिस एउटा प्राणि हो, जिबित भएका कारण मर्नु  पर्छ भनेर निधार मा नै लेखेर लेर्याएको हुन्छ उहि ढिला चाँडो मात्र हो। जंगल मा जनावर जन्मिन्छ कोहि सिकारि ले मार्छ कोहि आफै मर्छन। कोहि जन्मिदा मर्छन त कोहि हुर्किदा मर्छन र यो सम्पुर्ण जिवित प्राणि मा लागु हुन्छ मानिसमा पनि । यस मा धर्म भन्दा पनि समय परिस्थिति र बाताबरण मा फरक पर्छ । जस्तो नेपाल को दुर्गम भुभाग मा जन्मिएका बच्चाहरु को अमेरिका वा युरोप को दाँजो मा धेरै मर्दछन। यसको मतलब यो होइन कि नेपाल मा बसेका बच्चाका बाबु आमा ले पाप धेरै गरेका थिए भन्ने ।अनि डाइनोसरस लोप हुनु मा धर्म को दोष छैन यो त चक्रमा घुम्न नसक्नु हो।

 माथि एक साथि ले कर्म को कुरा लेर्याउनु भयो तर म त्यो कुरा मा बिश्वास गर्दिन । यदि त्यो कुरा हो भने माहाभारत मा पाँच पान्डब  किन बन गए त ? राम्रा कर्म गर्नेलाइ  भगवान ले हेर्ने हो भने। अनि भगवान क्रिष्ण ले सत्यबादि युधिष्टिर लाइ किन झुट बोल्न लगाउनु भयो  तथापि सबै लाइ थाहा छ झुट बोल्नु पाप हो भन्ने । कि कहिले काँहि बोलेको झुट माफ हुन्छ ?

माथि साथि ले भन्नु भएको कुरा लाइ मैले यसरि भन्छु मदर टेरसा ले धेरै असाहायको आसु पुछेकि छन। आत्मा बाट दिइएको आशिष थियो । माहात्मा गान्धि लाइ म हावा को महल ठान्छु , पश्चिमि संसार ले बनाएको इतिहास मान्छु। नत्र भने नाथुराम गोडसे लाइ आज पनि माहाराष्ट्र र दक्षिण भारत का केहि ठाँउमा पुजा गरिन्छ किन त । टाढा किन जानु कास्मिर हेर्नुस न कति छात्तिहरु चिरिएका छन कति आमा हरु का कोख खालि भएका छन कति चेलिहरु बिध्वा बनके छन । हो उनले केहि गरे संसार मा तर  त्यो भन्दा बढि आत्मा लाइ रुवाए पनि सायद आशिष भन्दा सराप नै धेरै थियो होला।

त्यसैले म त भन्छु समाज सेवा नै धर्म हो । निस्वार्थ भाब ले समाज सेबा गर्नु हुन्छ भने तपाइ को पुन्य कमाइ त्यसैमा हुन्छ। बिरेन्द्र मर्दा जतिले बिचरा भने के तपाइहरु लाइ लाग्छ ज्ञाने मर्दा भन्ने छन् मलाइ त शंका लाग्छ २५% ले पनि मुस्किल। त्यसै ले आफ्नो पहिचान भनेको नै अरु को भलाइ हो तपाइ आफु बाँच्नुहोस र अरुलाइ पनि बचाउनुहोस  यहि हो धर्म ।
Read Full Discussion Thread for this article