Posted by: Birkhe_Maila July 14, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लोल!

लहरे र नारने दुवैले आ-आफ्नै किसिमले सहि उत्तर दिएकोमा निम्न पुरस्कारको व्यवस्था चौतारी मन्त्रीपरीषद्ले गरेको छ-

श्री लहरेकान्त लाकौललाई अर्को एउटा विभाग 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती' गठन गरि उक्त समितीको प्रमूखको पद दिइएको छ। निजको नाममा यो पद पनि थप्नु पर्ने छ र सबै भन्दा सुरुमा निज लहरेले नै आफ्नो पुरा नाम र पद भन्नु पर्ने छ। कुनै पनि छुटाएको खन्डमा निजको एउटा मात्र पद कायम हुने छ।

लोल सहितको धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

 

श्री नारन नाथ नगरकोटी ले पनि सही उत्तर दिएकोले निजलाई अदीती संग अती अनुराग, अंतरंग, अंतरसम्बन्ध, अकल्पनिय आत्मियता तथा आकस्मिक लाभको व्यवस्था गरिएको छ। लोलऽ

 

श्री रिठाराम रायमाझीले आफैँ जान्ने भई उत्तर दिन खोजेकोमा निजलाई दिइएको सम्पूर्ण आशीष ब्याज सहित फिर्ता लिने निर्णय मन्त्रीपरीषद्ले गरेको छ।

लोल सहित पुन: धन्यवाद्

Read Full Discussion Thread for this article