Posted by: BKMailo July 12, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुरमा पनि मोटर

भोजपुर,  असार २७ - मोटरबाटो निर्माण भए पनि धनकुटास“गको सीमा अरुण नदीमा पुल नबनेकाले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको भोजपुरमा हेलिकप्टरबाट यात्रुवाहक गाडी ल्याइएको छ ।

यस पर्ूर्वी पहाडी जिल्ला सदरमुकाममा नेपाली सेनाको हेलिकप्टरमा महिन्द्रा जिप ल्याइएको हो ।

विराटनगरमा खरिद गरिएको उक्त मोटर धनकुटा सदरमुकामदेखि हेलिकप्टरमा ल्याइएको हो । सेनाले जिल्लामा पहिलोपटक पुग्ने सवारीसाधनलाई निःशुल्क ढुवानी गर्दै आएको स्थानीय कालिध्वज गणका कर्र्णोल नारायण रायमाझीले बताए । हिमालय बचत तथा ऋण सहकारी संस्थाले किनेर

र्सार्वजनिक प्रयोगमा चलाउन यो गाडी ल्याएको छ ।

सहकारी संस्थाका अध्यक्ष शरणकुमार र्राईले यात्रुवाहक जिप एयरपोर्ट-भोजपुर ६ किलोमिटर, भोजपुर-चिहानडा“डा ४२ किलोमिटर पशुपति पारुहाङ मार्ग र लेगुवा-भोजपुर ६६ किलोमिटर नारदमुनि थुलुङ सहायक राजमार्गमा यात्रु ओसारपसार र मालसामान ढुवानीमा प्रयोग गर्ने बताए । पहिलो दिन शुक्रबार जिपलाई फूलमाला, अबिर लगाइदिएर र्सवसाधारणले टु“डिखेलमा पूजा गरे । प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीद्वारा जिपकोे उद्घाटन गर्दै उपस्थित र्सवसाधारणलाई भोजपुर बजार परिक्रमा गराएका थिए । पहिलो पटक यात्रुलाई निःशुल्क यात्रा गराउने अध्यक्ष र्राईले बताए । जिल्लामा सवारी साधनको भाडादर भने निर्धारण गरिएको छैन ।

बेलायत सरकारको अन्तर्रर्ााट्रय विकास विभाग -डीएफआईडी) को सहयोगमा ग्रामीण पहु“च कार्यक्रमअर्न्तर्गत निर्मित सडक दर्ुइ साताअघि पूरा भएको हो । नवनिर्मित १ सय ८२ किलोमिटर मोटरबाटोले धनकुटा, भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोडिएको छ । तीन महिनाभित्र थप पा“चवटा सवारी साधन भित्र्याउने योजना रहेको हङकङस्थित भोजपुर समाज सेवा समितिका सदस्य उद्धिम र्राईले बताए । हङकङवासी भोजपुरेहरूले पनि सहकारीमा लगानी गरेका छन् । जिपको मूल्य १४ लाख १५ हजार रुपैया“ परेको सहकारीले जनाएको छ ।

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=153274

Read Full Discussion Thread for this article