Posted by: Birkhe_Maila July 11, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

पर कुनै गिर्जाघरको घडीले बाह्र बजेको घन्टि बजायो-

"टङ्.... टङ्.... टङ्..!"

शायद यहि घन्टिले होला मिन्जोको निद्रा खुल्यो! बाहिर जोडले हावा चल्दै थियो! राति सुत्दा झ्याल लगाऊन बिर्सेको रहेछ, झ्यालका खापा र परदा जोड जोडले हल्लिँदै थिए। अचानक बाहीर कतै कुनै कुकुर रुन थाल्यो! अँध्यारो चुक घोप्ट्याएको जस्तो थियो। होटलको संगैको कोठामा ००३ शायद मस्त निद्रामा थिइन्। अचानक ००३ को कोठाबाट केहि कुरा जोडले खसेको जस्तो आवाज आयो! मिन्जो सतर्क भयो र तकियामुनि बाट रिवल्वर निकाल्दै पाइजामा लगाएर बाहिर आयो। कोरिडोरमा झन अँध्यारो थियो! उ बिस्तारै हातमा रिवल्वर लिएर निकै सतर्कताका साथ ००३ को कोठा तिर बढ्न थाल्यो। अचानक, उसले केहि चाल पाउनु भन्दा पहिल्यै कसैले उले रिवल्वर लिएको हातमा प्रहार गर्यो। उसको रिवल्वर भुइँमा खस्यो। एउटा छायाँ जस्तो देखिने बलियो मानिसको बलिष्ट प्रहार परेको थियो। मिन्जो एकपलको लागि जड भयो। छायाँले बिजुलीको गतिमा, खसेको रिवल्वर लियो र दौडँदै कोरिडोरको छेऊमा पुग्यो र छेउको झ्यालबाट तल हमफाल्यो! मिन्जो दौडँदै पछि पछि गयो, झ्यालबाट तल चुक घोप्ट्याएको जस्तो अन्धकार र तेज हावाको बहाव बाहेक केहि थिएन्।

ऊ हतार हतार ००३को कोठातिर गयो। ढोकामा हातले हल्का दवाव दिनासाथ ढोका खुल्यो।भित्र अत्यन्तै अन्धकार थियो। ढोका लगाएर उसले भित्तामा छामछाम छुमछुम गर्दै बिजुलीको स्विच भेट्टायो र अन गर्यो। कोठामा बिजुलि थिएन।

"००३ssss!"

उसले बिस्तारै बोलायो। कतैबाट केहि आवाज आएन!

धेरै नै अँध्यारो भएकोले केहि देखिँदैनथ्यो। उसले पाइजामाको खल्तिमा हात हाल्यो र सलाइ निकालेर कोर्यो। सलाइको झिनो उज्यालोमा उसले खालि कोठा देख्यो। सोफासेटहरु मिलाएर राखेको देख्यो र पर बेडरुमको ढोका देख्यो। सलाई निभ्यो। ऊ बेडरुमको ढोका तिर बढ्दै अर्को सलाई निकाल्यो।  बट्टामा आखिरी सलाई बाँकि रहेछ।

बेडरुमको ढोकाबात बिस्तारै छिरेर ऊ अगाडि बढ्न खोज्दै सलाई निकाल्यो। केहि चिजमा उसको टाउको ठोक्कियो र ऊ लड्यो। अँध्यारोमै तल खसेको सलाईको काँटि केहि बेर लगाएर भेट्यो र टुक्रुक्क बसि बसि सलाई कोर्न लाग्यो। यसपटक उसको निधारमा केहि चिज चुहिएर निधार भिज्यो। बाहिर पानी नपरेको ३ दिन भैसकेको थियो। उ अचम्ममा पर्यो र अन्तिम सलाई कोरेर माथि हेर्यो।

माथि पंखामा कुनै भर्खरकि युवतीको अर्धनग लाश झुन्डिरहेको थियो र लाशबाट तप तप गर्दै ताजा रगतका थोपा चुहिँदै थिए! शायद केहि आवाज सुनेर होला उसले ढोका तिर नजर घुमायो। सलाईको काँटि सकिएर उसको औँला पोल्दै निभ्नु भन्दा अगाडि उसले देख्यो, ००३ मुहारमा कुटिल मुस्कानका साथ रिवल्वर ऊ तिर तान्दै ढोकामा उभिइरहेकि!

आबुई!!!!!

 

लोल!!!

 

ल ल  क्रेजी थपम हरिप जाँदैछ!

Read Full Discussion Thread for this article