Posted by: चेली July 11, 2008
चाहन्न म
Login in to Rate this Post:     0       ?        

रिठ्ठेब्रो धन्यवाद!

लहरे र सान्नानी दिदी, (कपीक्याट) धन्यवाद

ठूल्दाइ, नेपालका नेपाली सबैले बिर्सिन्छन् अचेल भानु जयन्ती, बरु दार्जिलिङ, सिक्किमतिर सम्झन्छन् रे!!

त्यही त माल्दाइ, किन होला हाम्रो साहित्य त्यस्तो उपेक्षित बनेको अचेल !! स्कुल पढुन्जेल नेपाली मेरो सबै भन्दा मनपर्ने विषय थियो, तर कसैले "सबैभन्दा मनपर्ने विषय कुन हो?" भनेर सोध्दा, म नेपाली भन्दिनथें, नेपाली भन्दा साथीहरुले जिस्काउने डर थियो, त्यस्तो किन भाको? हामी आफैंलाई, आफ्नै भाषा-संस्कृतिलाई अनि आफ्नै अग्रजहरुलाई सम्मान गर्दैनौं भने सम्मान पाउँछौं कसरी ???

चिप्लेज्यू, हो भानु जयन्ती असार २९ मैं हो ! २ दिन बाँकि छ अब, मैले सबैलाई त्यो दिन भानुको स्मरण गराउन मात्र आजै यो पोष्ट गरेको!!

 

Read Full Discussion Thread for this article