Posted by: aarigato July 11, 2008
भावी राष्ट्रपति...
Login in to Rate this Post:     0       ?        
भावी राष्ट्रपति


'फ्यूचरोस्कोप'-डामाडोल डटकमद्धारा आविस्कृत'फ्यूचरोस्कोप'द्धारा खिचिएका तस्विरकासाथ भावि नेपालका राष्ट्रपतिहरुको बारेमा सुचित गर्दै आएका छौं । तपाई देख्न सक्नुहुन्छ,राष्ट्र्पति प्रकास सुद राष्ट्रपतिको हैसियतमा भोटो देखाउंदैछन् ।
'सत्य' युगमा शिव-शंकरको वासस्थान हिमालय क्षेत्र रहंदै आएको कथन छ । यो कथनलाई आधार मान्ने हो भने हिमालय क्षेत्रका आदी राष्ट्रपति शिव शंकर हुन् भने भावी राष्ट्रपति पनि शिव-शंकर रहने कुरालाई कसैले नर्कान सक्दैन । हुन त केही अघिसम्म आधुनिक शिवशंकर वास भारतवर्षन्दा हिमालय क्षेत्रमा नै बढि हुने गरेको थियो ।

पुरातन कालमा सिंगो दक्षिण एसियालाई भारतबर्षभनिन्थ्यो । यही ऐतिहासिकताका आधारमा भावी नेपालको राष्ट्रपति हुनसक्ने मुख्य दाबेदार पुर्व भारतीय राजदुत शिवशंकर मुखर्जी हुन् । कसैलाई फकाउंदै ,कसैलाई धम्क्याउंदै, कहिले सताउंदै,कहिले तताउंदै-नेपालको राजनीतिमा भारतीय राजदुतहरुको अमुल्य योगदान रहंदै आएको छ ।

राष्ट्रपति भनेको र्सवमान्य र र्सवजान्य रहनुपर्ने मान्यता रहंदै आएकोले जुनसुकै भारतीय राजदुत पनि नेपालका राष्ट्रपति बन्ने क्षमता राख्दछन् । नेपालबारे नेपालीभन्दा भारतीय राजदुतहरु सक्रिय र जानकार भएकालेपनि उनिहरु भावी नेपालीको राष्ट्रपति बन्ने दावेदारहरुमध्ये अग्रपंक्तिमा आउंछन् । पछिल्लो संभावना अनुसार नयां भारतीय राजदुत नेपालको राष्ट्रपतिको मुख्य दाबेदार रहेका छन् ।
Read Full Discussion Thread for this article