Posted by: ( * )( * ) July 10, 2008
THIS IS REAL SAD......can we help them??
Login in to Rate this Post:     0       ?        
kati halla gareko..help is already on the way,,,

बगदादमा अलपत्र नेपालीको स्थिति बुझन सरकारको निर्देशन

काठमाडौं, (नेस) इराकको राजधानी बगदादमा अलपत्र परेका ३ सयभन्दा बढी नेपालीको यथार्थ स्थिति पत्ता लगाउन परराष्ट्र मन्त्रालयले विदेशस्थित तीन राजदूतावासलाई बुधबार निर्देशन दिएको छ।

मन्त्रालयले पाकिस्तान, साउदी अरब र यूर्एइस्थित नेपाली राजदूतावासमा पत्र पर्ठाई सो निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाले नेपाल समाचारपत्रलाई बताउनुभयो।
इराकमा ३ सयभन्दा बढी नेपाली अलपत्र परेको समाचार बुधबार प्रकाशका आएको थियो।यथार्थ स्थिति बुझी कस्तो सहयोग गर्नुपर्ने हो, त्यसको जानकारी लिइने मन्त्रालयले जनाएको छ।

नेपालीलाई जान इजाजत नभएको इराकमा अवैधानिक तरिकाले दलालमार्फ पुगेका म्याग्दी, नवलपरासी, चितवन, झापा, स्याङ्जा र नुवाकोट जिल्लाका १ सय ५० जना र बगदादकै ग्लोबल सेक्युरिटीमा काम गर्न गएका १ सय ३५ जनाभन्दा बढी नेपाली बगदादको एयरपोर्टनजिकको खुला सडकमा अलपत्र परेको जनाइएको छ।

एक हप्तादेखि अलपत्र परेका उनीहरूलाई ४० जना इराकी प्रहरीले घेरेर राखेको र दिसापिसाब गर्न पनि नदिएको बताइएको छ।
Read Full Discussion Thread for this article