Posted by: dipika02 July 10, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

तेही त है मिस दिदी प्रेरणा र म त पसिना पसिना भएका थियौ। हात्ले मुख छोपेका। आखामा भय  ओडेका थियौ। आँखा खुल्न सक्ने जती खुलेका थिए। मुटुभरी त्रासले दुबैको सास अड्काएको जस्तो लाग्दइथ्यो। बत्ती निभेका थे। पर्दाहरु हावा सगै निस्फिक्री एता उता चल्मलाउदै थिए। मुटुको धड्कन हाम्ले मात्रै नभेएर भुत ले पनि सुनिरहेछ जस्तइ लाग्दइ थ्यो। लग्लग कामेका खुट्टा, सुकेका ओठ र भयभित आँखा। हामी एक अर्कालाई हेर्दै  थियौ। मनमा धेरै कुराहरु खेलेका थिए। अब मरिने त निस्चितनै थियो तर मरन पो कस्तो हुने हो। जिन्दगीको माया बल्ल लाग्न थाल्यो। बल्ल बाच्ने  रहर जाग्यो। साथीहरुलाई भेट्न मन लाग्यो । बिहानकै प्लेन चडेर नेपाल जान मन लाग्यो। त्यो मौनता प्रेरणाले भङ गरी। दिपु  ठिकै छ यो संसारमा सँगै आएका थियौ अब सँगै जादैछौ। अब हामीलाई एकर्काको माया लाग्न थाल्यो। कती झगडा गरेका थियौ। मलाई जे चहियो उस्लाई पनि तेही चहिन्थ्यो बच्चै  देखी । भएन भने रुन थालथ्यौ। तर कहिले पनि छुटिएका थिएनौ। कती चोटि रिसाएर नबोलेका थियौ तर त्यो रिस एक्दिन भन्दा बढी टिकेन। हामी दुबै  सोच्दै थियौ अब बाँच्न पाए जिन्दगीभर एक अर्का सँग झगडा गर्ने छैनौ।

त्यतिक्कैमा भुत टुकु टुकु हिंडेको आवाज आयो। आवाज झन झन ठुलो हुँदै थ्यो। ढोकाको लक घुम्यो। आँखा एती खुलेका थिए कि शायद आज सम्म हामीलाई थाहा थिएन हाम्रो आँखा तेती ठुलो छ भनेर। हामीले हात बेस्कन मुठी परेका थियौ। भएभरको डर शायद तेही मुठीमा  थामिएका थिए। ढोका खुल्यो। सेतो पहिरनमा कोही थियो। उचाइ झन्डै म र प्रेरणा जत्रो। एक्कासी बत्ती बल्यो। अबूईीई ए मोरी हरु किन त्यसरी उभिएको मेरो सात्तो  गयो भन्दै भुत कराइ। हेरेको त क्रेज हामी भन्दा बढी थुर्थुर भईछे। दुई दुई वोटा  भुत उभिएका भनेर।

ye prezz tyo nilu ta maile pani dekhe hehehhehee

Read Full Discussion Thread for this article