Posted by: miss_ me July 10, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

:)  निकै चाखलाग्ने भा रैछ  डराउदै पढीराछु म नि

म नि कथा हालम भुतको के --

छ नि दिपू र प्रेरणा ००० को हिसाब गर्दै सुत्ने तरखर गरिराछन । भुत  त के लास पनि समात्ने सल्लाह गर्दा गर्दै कुन चै बेला निदाइसकेछन । है अनि सुन्सान रात  अध्याँरो कोठा -- एक्कासि निन्द्रा खुल्छ -- कता हो कता कोहि रोए जस्तो एक् तमास्को आबाज -- सिरक भित्र सास बिस्तारै फेर्दै गर्दा ढोका कसैले चलाउँछ --  हुदा हुदै ढोका घर्लक्क उघ्रिन्छ।दिपु र प्रेरणा को हातहरुले एकअर्काको मुख बाँधेर सिरक टाउकोले झन कसेर राख्चन  डरले सास् रोकिएला जस्तो हुनथाल्छ । बिस्तारै हिडेकोजस्तो आवाज आउछ।-- यत्तिकैमा कोही आफ्नै ओछ्यान छेउ उभिएझैं लाग्छ -- सिरक् स्वाट्ट् तानिन्छ--

'आमाssssssss!'--दिपु र प्रेरणा आँखा चिम्लन्छन

'धत! मोरीहरु किन चिच्याएको? म ००३ हैन के । म कजरी पो त " ठिंग उभिएकि क्रेजी ले एउटा आँखा झिम्काउदै भन्छिन--'डरपोक"

 

 
Last edited: 10-Jul-08 07:24 PM
Read Full Discussion Thread for this article