Posted by: Rahuldai July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

छानबिन आयोग को प्रतिबेदन सार्वजनिक गरिएको सूचना।

पीडित सुन्तले मान स्थापितले दिनु भएको उजुरीको सम्बधमा छनबिन गर्न गजुरी सम्म पुग्नु परेको र गजुरिको खजुरी खाँदा पेट गडबड भएता पनि निकै नै संबेदनशिल मुद्दा भएकोले निष्पक्ष ढंगले छानबिन गरी निम्न बमोजिम तथ्य सत्य सार्वजनिक गरिएको छ।


१- बिभिन्न ब्यक्तीद्वारा संबोधन गरिएको साईनोमा कुनै किसिमको मिसावट नदेखिएको।


२- जायज -नाजयज छुट्याउन DNA टेस्ट गर्न आबश्यक भएकोले सो काम यस आयोगको कार्यक्षेत्र भित्र न परेको।


३- सबै साईनोहरु पु-लिङ्गिय भएको र कसैले पनि स्त्रीलिङ्गिय साईनो न दिएकोले सबै साईनो एकै ब्यक्ती माथि प्रयोग गर्न सकिने र सो भएमा कुनै आपती नहुनु पर्ने यस आयोग को ठहर् छ। जस्तो, छोरो भै जन्मे पछी, दाईभाइ, जेठाबा, कान्छा बा, हजुर बुवा हुनु स्वाभाबिक नै हो। ज्वाँई हुनु भाग्यमानी हुनु हो। ज्वाँई भए सि फुपाजु, भिनाजु भए न भने के को ज्वाँई भने जस्तै हुन्छ।
त्यसैले एकै ब्यक्तिलाई बिभिन्न साइनोले सम्बोधन गर्दा कसैलाई आपत्ति नहुनु पर्ने देखिन्छ।

 
 छानबिन  आयोग

Read Full Discussion Thread for this article