Posted by: crazy_love July 9, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

अर्को जानकारीले म फेरि "अपरेसन ००३" को बारेमा सोच्न थाँले। किन उसलाइ यी सबै कुराको चासो। संसारमा सबै कुराहरु यस्तैगरी भैरहेको छ। फरक के भने देखिने र नदेखिने मात्र हो। मानिसहरु कमिशन खान्छन्, छोरी बेच्छन्, स्वास्नी बेच्छन्। तर यो उनिहरुको नितान्त ब्यक्तिगत मामिला हो। उसलाइ किन खसखस? यौनकर्मीहरुले कमिसन दिन्छन् र ग्राहक पाँउछन्, पैसा कमाउछन्, जिबन चलाउचन्। उसलाइ किन बढ्ता भएर लेख लेख्नु पर्ने। अरिङालको गोलोमा हात राख्दैछे उ। यसको परिणाम अबस्य पनि राम्रो हुँदैन। जे सुकै होस। मेरो काम प्रतिबेदन तयार गर्नु हो। उसको चियो चर्चो गोप्य रुपमा गरेर हाकिमलाइ रिपोर्ट बुझाइ पछि हाइसन्चो हुन्छ। तर यो केटीले यो प्रतिबेदन तयार नहुँदै टाउको दुखाउली भन्ने पो पीर। मनमा कुरा खेलाउदै निदाये म त्यो रात।

भोली पल्ट बिहानै "ब्रेकफास्ट" पछि नैं होटेलबाट "चेक-आउट" गर्‍यौं। "००३" ले फोनको पैसा धेरै नैं तिरी। कति फोन चलाएको तिमीले भन्दा "डायल- अप" इन्टर्नेट चलाउदा महङो पर्‍यो भनी। उसको तालिम १ बजे सकाएर हामी "मुसे" भन्ने अर्को प्रोजेक्ट साइट हिड्यौं। बाटोमा उ बोली रहन्थी, सोधी रहन्थी, बाहिरका द्रिश्यहरुमा टोलाउदै घरि घरि कतै डुबेकी जस्ती पनि देखिन्थी। यसपटक उ बिरामी भैन। मुसे पुग्दा ५:३० भैसकेको थ्यो। त्यहाँका कर्मचारीहरु स्वागत गर्न बसेका थे। सामान्य परिचय पछि हामीलाइ स्थानीय होटेलमा लगियो। होटेल हाम्रो देशको सीमा नजिकै थ्यो, जुन चाइनाको "युनान" प्रोविन्स सङ जोडिएको थ्यो। चाइनिज  सामानहरु भएका पसलहरु प्रसस्तै थे बाटामा। यहाँका मानिसहरुको लवाइ, खवाइ, रहन, सहन सबैमा चाइनाकै प्रभाव थ्यो। प्रायले चाइनिज लाइनको मोबाइल बोकेको देखिन्थ्यो।


"यहाँ त मोबाइल सस्तो रहेछ। सबैले प्रयोग गरेको देखिन्छ। रङूनमा त अत्ति महङो। यहाँ संचारको पनि राम्रो सुबिधा हुनु पर्छ। एकचोटी यहाँको बजार पनि हेर्न जाउ न है?" अपरेसन ००३ खुशीले बोली।

"अहिले बेलुकी "नाइट बजार" लाग्छ रे यहाँ। तर बैंककको जस्तो ठुलो हुदैन, ९ बजे बन्द हुन्छ रे। भरै खाना  खान निस्किदा जाउला नि घुम्न।"सासाले भनी।

योजना अनुसार हामी सबै ७ बजे होटेलबाट निस्क्यौं र रितुलाइ "सीमा" देखाउन गयौं।

"ल हेर, यो सीमा पारी देखिएको ठुलो ठुलो पक्कि घर, चिप्ला फराकिला सडक र सडक बत्ती हरु चाहि बिकाशको परिचायक हुन्। तिमीले फरक देख्यौ हाम्रो देश र उनिहरुको बिच।" मैले "००३" लाइ भनें।

"हामी त्यहिँ सम्म जान सक्दैनौ एकछिनको लागि?" उसले उताको द्रिश्य हेर्दै भनी।

"कहाँ?" सासा ले सोधी।

"यो सीमा पारीको चाइनामा।" उसले मलाइ हेर्दै भनी।

"तिमी जान सक्दैनौ।" मैले रुखो उत्तर दिए।

"किन?" उसले उल्टो प्रश्न गरी।

"तिमी बिदेशी हौ र तिमीलाइ अरु देश घुम्ने अनुमति छैन यो तालिम अबधिमा।" कुरा प्रस्ट्याएँ।

उ केहि बोलीन, खाली त्यो ठुलो फलामको बार भाको ढोकाबाट चाइनालाइ धेरै बेर नियाली रही। त्यो सङैको काँडाघारी बाट बच्चाहरु फुतु फुतु सीमा काटेर उता गए। सीमाले मान्छेलाइ कहिले पो छेक्छ र?

त्यसपछि खाना खाइसकेर हामीहरु एकछिन "नाइट बजार" घुम्न गयौं। सासाले केहि किनमेल गरी। "००३" निरिक्षण मात्र गरि रही उसको आँखाहरुले तर मूल्य सोधीन केहिको पनि। होटेल फर्केर सबै आ- आफ्नो कोठामा लाग्यौं। "च" लाइ फोन गर्दा लाइन लाग्दै नलागे पछि मेरो पनि आँखाहरु निद्राले बोझिल भए।

"ट्रिङ्, ट्रिङ्" फोनको घन्टीले मलाइ झस्कायो। मैले घडी हेरें, सवा बार्ह बजेको थ्यो। यतिखेर कस्को फोन होला भन्दै निद्रामै बोलें।

"सर, .......सर!" नचिनेको कुनै मर्दको आवाज सुनियो।

"को? किन? कहाँबाट बोलेको?" मैले एकैचोटी सबै प्रश्न ओयिर्याइदिये।

"हजुर म यही होटेलको रिसेप्सनबाट।" बल्ल मेरो निद्रा भाग्यो। कान अलि टाठा भए। जुरुक्क उठेर सोधें।

"के भयो?" मुटु ढुक ढुक हुन थाल्यो आफै।

"बिदेशी भर्खरै बाहिर निस्की।" उसको कुरा नसकिदै" मैले पाइजामा लाएं र रिवाल्वर राखे खल्तीमा। हतार हतार "टी -शर्ट" लगाए। चप्पल नैं लाएर तल झरें।

"कति खेर निस्केकी?" रिसेप्सनको केटोलाइ सोधें।

"भर्खरै। मलाइ हेर्दै नहेरी आफै ढोका खोलेर जानु भयो। मैले "मिस" भनेर बोलाए पनि सुन्नु भएन। यति राती कहाँ जान लाग्नु भाको भन्दा पनि हेर्नु भएन।" उ पनि आतिएको थ्यो।

म सरासर होटेल बाहिर निस्के र मुख्य सडकको बाँयातिर हेरें। चकमन्न अध्याँरो रात थ्यो। सडकमा कोहि पनि थिएनन, पर कतै कतै कुकुर रोएको झैं  आवाज सुनिन्थ्यो। मोटर पनि बन्द भैसकेका थे। अलि नियालेर हेर्दा पर एउटा आक्रिती "सीमा" तिर मोडिन लागेको देखें। हिडाइले "अपरेसन ००३" हो भनेर ठम्याए र उसको पछि पछि लागें। उसले एकचोटी पनि पछाडी फर्केर हेरिन। मैले पनि बोलाइन। मलाइ उसले के गर्न लागि भन्ने कौतुहुलता थ्यो। गडबड गर्नासाथै "शूट" गर्ने अधिकार थ्यो म सङ। डराउने कुरा थिएन। तर उ सङ पनि हथियार छ भने चाहि मैले मुर्ख्याइ गर्नु राम्रो हुँदैनथ्यो।
एकछिन पछि उ त्यो अध्याँरोमा हराइ, मैले आफ्नो गति अझै बढाएँ उसलाइ देखिन। झन छिटो छिटो हिडें अझै पनि भेट्न सकिन। सीमा पुग्नु भन्दा केहि वरबाट मैले उसको छाँया फेरि देखेँ त्यही फलामको ढोका अघि उभिरहेकी थी। उ टक्क उभिएर चाइनातिर को द्रिश्य हेर्दैथी। म बिरालोको चालाले उ भन्दा १० हात पछि बसेर उसको क्रियाकलाप नियाल्दै थें। उ त्यो नजिकैको झाडीतिर पनि हेर्दै थी जहाँबाट बच्चाहरु साँझमा चाइना पसेका थे।

"मिन्जो हेर त! त्यहाँ पनि दमन छ।"

 पछाडी नफर्किकनै उसले अचानक भनी। मेरो खुट्टाहरु लगलग काम्न थाले। उसले मलाइ देखेकि छैन, उसले पछाडी पनि हेरेकी छैन। तै पनि मेरो नाम लिएर मलाइ उता पनि दमन छ भन्छे। उसले कसरी थाहा पाइ म उसको पिछा गर्दै छु भनेर। मैले खल्तीभित्रको रिवाल्वर छामे र बिस्वस्त भएं म सङ शक्ति छ भनेर। कतै यो केटी "बोक्सी" त हैन? मलाइ बोक्सीको कथाहरुमा बिस्वास लाग्दैन। तर "अपरेसन ००३" बोक्सी नैं हो भन्ने कुरा चाहि शतप्रतिशत हो जस्तो लाग्यो। म दोधारमा परें। उस्लाइ के भनुँ? यो बोक्सीलाइ म किन उसको "फलो" गर्दै आँए भनुँ? मेरो बोली घाँटीमा अड्कियो। उ अझै उतै हेरिरहेकी थी,  मेरो बोली फुट्नै सकेन। मन चिसो हुँदै थ्यो अनिश्चित भयले।

क्रमश:
 

 

Last edited: 09-Jul-08 03:17 PM
Last edited: 09-Jul-08 03:19 PM
Read Full Discussion Thread for this article