Posted by: Rahuldai July 7, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

चिप्ले, सान्नानी अनी बिसेटे अंकल
सबैमा एकमुष्ठ जदौ तथा तारेमाम।

 

बाल्टिमोड को मेला त लरका लरकी को भेला मात्र भएकोले हामी जस्ता उमेर उम्लेका हरुको लागि रमाइलो चाँही भएन। तर महत्वपूर्ण भन्ने अबश्य थियो। पुराना साथी भाई भेटघाट को थलो थियो। धेरै ले धेरै भेटे। अहिलेका अल्लारे हरुले अल्लारी भेटे। मैले चाँही २५ बर्ष पछी एक जना साथीलाई भेटें। कपाल सपाल फुलेर नचिन्ने भै सकेका रैछन् साथी त। भेटघाट को त्यो अबसर चाँही अन्त मिल्न गाह्रै हुन्छ। यस माने मा ANA सफल भएको छ। बाँकी कार्यक्रम त झूर भन्दा नि झूरेस्ट थियो। अझै समय र अरु प्रबन्ध मा चुक्ने। राम्रो संग केही चिज को पनि समन्वय न भएको। सूचना प्रबाह नगरिएको।
समग्र मा भन्दा ANA को आयोजकिय पक्ष एक दम असफल र असक्षम। लरका लरकी र होटल को बार लाई मालामाल। धेरै पिउनाले हात हालाहल। हामी जस्ता बुढालाई मस्ती भन्दा दोस्तीले आनन्द दियो। अस्तु।
  

Read Full Discussion Thread for this article