Posted by: deshbhaktanepali July 6, 2008
What is this/
Login in to Rate this Post:     0       ?        

भट्टर्राई सरकारी आश्रममा

सञ्जय न्यौपाने

ललितपुर, असार २१ - भर्खरै निर्माण सकिएको मन्दिरजस्तो लाग्ने भवन । पर्ूवप्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राई यसैभित्र कतै छन् । तर बरन्डामा छाता, लौरो, र्साईबाबाको र आफ्नै फोटोलगायत सामान भवनको मूलढोकैसम्म असरल्ल छन् ।

भट्टर्राई भर्खरैमात्र ठैब-४ स्थित बाडेगाउूमा सरे पनि पर्ूवनिवास भैंसेपाटीबाट सामान ल्याउने काम सकिएको छैन । सिमसिम पानी परिरहेका बेला शनिबार एक युवकले गाडीबाट ल्याएको एउटा मर्ूर्ति राख्ने ठाउ“ पाएनन् । 'दिदी यसलाई कहा“

राख्ने -' भट्टर्राईकी सहायक अमिता कपालीले भनिन्- 'यसो कतै राख न, मिलाएर राख्ने ठाउ“ नै छैन ।'

मुख्य भवन बनेपछि चार वर्षघि सरकारले उनका नाममा बनाइदिने निर्ण्र्ाागरेको आश्रमको काम सकिएको छैन । 'मुख्य भवन बन्यो, अरू केही बनेको छैन,' कपालीले भनिन् । बाडेगाउ“बाट आश्रम जाने सहायक बाटोदेखि नै निर्माणको काम चलिरहेको छ ।

सरकारले उपलब्ध गराएको ५ रोपनी जग्गामा निर्मित एकतले मुख्य भवनमा भान्छा, बैठक, शयनकक्षलगायत चारवटा कोठा तयार भएका छन् । र्सइको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीहरू जस्ताको अस्थायी टहरामा बसेका छन् ।

भट्टर्राईले छिट्टै आश्रम र्सर्ने चाहना गरेकाले जसोतसो व्यवस्थापन गरिरहेको पर्ूवमन्त्री पर्ूण्ाबहादुर खड्काले बताए । 'छिटो र्सर्ने उहा“को चाहना थियो, बस्ने घर तयार भएकाले आउनुभयो ।' भट्टर्राईले आश्रम सञ्चालन जिम्मा खड्कालाई दिएका छन् । 'पूरै निर्माणको ठेकेदारस“ग सम्झौता भइसकेको छ,' खड्काले भने- 'योजनाअनुसार काम भए एक वर्षभत्र आश्रमको काम सम्पन्न होला ।'

सल्ला, लप्सी आदिको जंगल रहेको थुम्कोको पश्चिमतिर फर्केको यो आश्रममा झन्डै एक दर्जन भवन बन्ने योजना छ । कर्मनासा खोलाको कलकल र झ्या“उकिरी अनि चराको आवाज सुनिने यो शान्त आश्रममा गाईगोठ, पुस्तकालय, सहायक बस्ने घर, सुरक्ष्ँाकर्मी बस्ने भवनलगायत योजनामा छन् ।

पर्ूवप्रधानमन्त्री जसोतसो बस्ने भनेर आए पनि स्थानीयवासी भने खुसी छन् । 'त्यति ठूलो मान्छे आए, अब विकास आउला नि †' आश्रमछेउबाट घर र्फकंदै गरेका ७७ वर्षो स्थानीय गोविन्द महर्जनले भने । नजिकैको अस्पताल, खानेपानी, बाटो राम्रो हुने आशा उनीहरूको छ । निवासभित्र बिजुलीको काममा स्थानीय युवाहरूले सघाइरहेका थिए ।

मौका पाए नेतालाई भेट्ने चाहना पनि स्थानीयको छ । 'टीभीमा देखेको मान्छे, भेट्न बोलाए गइन्छ नि †' उनले भने । खड्काले पनि गाउ“लेको सुखदुःखमा मिलेर बस्ने योजना रहेको सुनाए । 'निर्माणकै बेलादेखि सहकार्य गरिरहेका छौं,' उनले भने- 'सक्दो सहयोग गछार्ंर्ैै'

२०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हु“दा मन्त्रिपरिषद्ले यो योजना स्वीकृत गरे पनि जनआन्दोलन २०६२/६३ पछिमात्र काम सुरु भएको हो । करिब साढे दर्ुइ करोडको लागतमा आश्रम तयार पार्ने जिम्मा भौतिक योजना मन्त्रालयअर्न्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ ।

भट्टर्राईको शेषपछि उक्त आश्रम ट्रस्टमा परिणत गरेर सरकारले चलाउने निर्ण्र्ाात्यतिबेलै सरकारले गरेको तत्कालीन गृहमन्त्रीसमेत रहेका खड्काले बताए । ०४६ सालमा जनआन्दोलनपछि अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री भट्टर्राईले त्यसपछि पनि सरकारको नेतृत्व गरे । कांगेसका उनी एकमात्र जीवित संस्थापक हुन् । कुटिल र रसिक कुरा गर्ने तर आध्यात्मिक स्वभावका ८४ वर्षो भट्टर्राई अविवाहित छन् ।

जनआन्दोलन-२ पछि देशभर गणतन्त्रको लहर छाएका बेला राजा राख्नुपर्ने तर्क गरेर विवादमा आएका नेता पछिल्लो समय राजनीतिबाट टाढै देखिन्छन् । राजनीतिमात्र होइन, राजनीतिक मियो मानिने सिंहदरबारबाट उनको बसाइ दूरी पनि केही टाढिएको छ ।

 

courtesy: ekantipur.com

Read Full Discussion Thread for this article