Posted by: Ajneya July 6, 2008
मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग कती जायज ??
Login in to Rate this Post:     0       ?        
मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग कती जायज ??
बेक्तिगत रुपमा भन्नेहोभने म जन्मियको पहाडमा हो । परिवार र बुवाको जागिर को सिल्सिलामा ५ बर्ष को उमेर देखी तराइतिर झरी तेहिको बसिन्दा भइयो । फेरी जीवन को उतारचडाब गर्ने क्रममा साथै पढाई ले गर्दा १०-१२ बर्ष काठमाडौं को बसिन्दा भइयो । पढाई सकियपछी २-४ बर्ष हिमाली भेग तिर पनि जीवन को केही समय बिताइयो । हालसालै राजनीतिक ब्रितमा उठीरहेको मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग भन्दा अगाडि मलाई हिमाल, पहाड र तराइबीच हामी नेपाली को मन भित्र यत्रो भेद्भभाब अनी हाम्रो बिचार  बिच यत्रो खाडल होला भन्ने मन को कुनै कुनामा पनि शन्का थियन । अहिले यसो बिचार  आउछ के हाम्रा मधिसे दाजुभाइहरुको यो माग जायज हो ? या उनिहरुको यो नेपाल टुक्र्याउने मिलेमतो को एउटा पाइला हो ? के ५ बिकास क्षेत्र बिभाजन को अबधारणा अबैज्ञानीक  र हिमाल,पहाड र तराइलाई ३ भिन्दा भिन्दै स्वायत्त राज्य कायम गर्दा बैज्ञानीक हुने र देश को समग्र बिकास तुरन्त हुने हो? खै  मेरो यो सानो मस्तिस्कले हाम्रा मधिसे दाजुभाइहरुको यो माग कती सम्मा को जायज हो भन्ने  खुटयाउन सकिरहेको छैन  । "मधेस स्वायत्त राज्य" मागको सम्बन्धमा यहाँहरुको सुझाब र प्रतिकृया बुझ्न पाय मेरो घैटोमा पनि यसो घाम लाग्ने थियो कि भन्ने साझाबासीहरुमा अनुरोध छ ।
Read Full Discussion Thread for this article