Posted by: crazy_love July 1, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

नोबेल पुरस्कार पाएकी आङ सान सुचीको बारेमा कसैले किताब पढ्नु मेरो लागि ठुलो कुरा हैन। पस्चिमी समाजले उसलाइ त्यस्तै "सेलिब्रेटी" बनाइदेको छ। जवानीमा बिदेशमा बसेर पढी, बिदेशीसङै घरजम गरी र आफ्नो जन्मभुमी फर्कदाँ उसले धेरै ढिलो गरी। बिसौं बर्सपछि उ बर्मा फर्की जुन बेला सैनिक शासनले प्रजान्तन्त्रको लागि प्रदशन गर्ने हजारौं बिध्यार्थीहरुलाइ रङूनको सडकमा मारेकोथ्यो। उ प्रति मेरो सम्मान नभएको होइन, तर उसको बाबु जर्नेल आङ् साङ्कि छोरी भएपछि उसले आफ्नै देशको केटोसङ बिहे गर्नु पर्थ्यो मेरो ब्यक्तिगत बिचारमा। त्यसैले अझै पनि आर्मीका जेनेरलहरु उसलाइ बिदेशी भन्छन्, उ उसको लोग्नेकै देश, इङ्ल्यान्ड फर्केको हेर्न चाहन्छन्। अहिले उसले आफ्नो परिवार त्यागेर, जिबनको खुशी छोडेर जुन तन्मयताका साथ "प्रजातन्त्र" को माग गर्दैछिन। त्यसमा मेरो भन्नु केहि छैन। मेरो जागीरमा खाएको शपथले मलाइ उसको प्रसंशा गर्न भने दिदैंन। मेरो अहिलेको समय भनेको "अपरेसन ००३" को खोजी गर्नु हो। उ जे सुकै किताब पढोस, जो सुकैको समर्थक होश्, खाली मेरो देशमा अरु राजनिति नखेलोस। तस्करै भए पनि यो कार्यकालमा कुनै लागु औषधको बेच बिखन, निकासी पैठारी नगरोस। मेरो प्रतिबेदन पुरा नभएसम्म कतै केहि नबिगारोस। प्रतिबेदन भन्नासाथ सम्झें, सुत्नुअघि केहि बुँदाहरु लेख्नु छ डायरीमा। कलम मैले पछाडीको पकेटमा राखेको थें। त्यो कलम साधारण थ्यो तर कसैले दिएको बिशेष उपहार थ्यो मेरो लागि। उपहार दिनेहरु हराँउछन तर उपहार चाहिँ रहिरहन्छ स्म्रितिको पाना बनेर। येसो कलम छामे पकेटको बाहिरबाट, भेटिन। यताउता खस्यो कि भनेर हेरें, कतै देखिन। अब यो कोठाको तलासी आजलाइ यति नै भनेर "००३" को कोठा बन्द गरेर निस्के। फेरि कलम नभै भएन राती एक्छिन त सबै "इन्फर्मेसन" लेख्नु थ्यो। लब्बीमा गएर चाबी सुम्पे, "००३" मरिसक्या भए पनि भुत बनेर भए पनि आइदिए हुन्थ्यो जस्तो छट्पटी भयो मलाइ। त्यसलाइ केहि भाको छैन र केहि गरेकी छैन भन्ने कुरामा ढुक्क हुनु थ्यो। अब चाहीँ हेडक्वार्टरमा खबर नगरी भएन भन्ने बिचार गरें। अँ, कलम अघि मैले खाना खाँदा भन्छाघरमा के पो लेख्न हो झिकेको थें। शायद त्यहीँ हुनु पर्छ भनेर फेरि म भान्छातिर लागें।


ढोकाबाट छिर्नासाथ मैले अचम्मको द्रिस्य देखें।
"महारानी ००३" र भान्छे हाँसी हाँसी कुरा गरी रहेका। येत्रो दुख दिएर कहाँ मरी भनेको त यही भान्छामा पो बसेकी रैछ। चाइनिज मग हातमा लिएर अझ मेचमा पनि होइन त, टेबुलमा बसेर खुट्टा हल्लाइ हल्लाइ गफ हाँकेर बसेकी रैछ। मलाइ फेरि अर्को अचम्म लाग्यो। त्यो भान्छेसङ कसरी सम्बाद गर्दैछे भनेर। जहाँसम्म लाग्छ भान्छेले स्थानिय  भाषा बोल्दैथ्यो र "००३" अङ्रेजी बोल्दैथी। फेरि दुइ जना कति नै कुरा मिल्या जस्तो गरेर हांस्दै पनि थे।


"तिमीलाइ अङ्रेजी पनि आँउछ?" मैले जानी जानी त्यो "००३" वास्तै नगरीकन सोधें।


"काँ आउनु हाकिम?" भान्छेले भन्यो।


"तेसो भए उ सङ के कुरा गरी राको त?" मैले फेरि सोधें


"कफी, कफी भन्दै तिन कप खाइसकी मैले धेरै कफी खायो भने रातभरी निद्रा लाग्दैन भन्छु। उ "धन्यबाद", "सन्चै" र "खुशी लाग्यो" मात्रै भन्छे। जतिखेर पनि त्यहि मात्रै दोहोर्याउदी रैछ। हजुर जानासाथ कफी भन्दै बसेकी, झन्डै २ घन्टा बिताइसकी त।" भान्छेले अचम्म मान्दै सोध्यो।


"उसलाइ आउने नैं त्यति हो नि त। अरु के भनोस त?" त्यसपछि बल्ल मैले रितुतिर हेरें। उ मैले भान्छेसङ उसको नराम्रो कुरा गर्‍या हो कि भनेर मलाइ प्रश्नबाचक द्रिस्टीले हेर्दै थी। उसको अनुहार निद्रा र थकाइले हो कि हेरोइनको नशाले हो लठ्ठ देखिन्थ्यो।


"मिन्जो, तिमी किन कहिले हांस्दैनौ?" सोधी हाली मलाइ।


"किन हाँस्नु पर्‍यो र तिमी भएपछि। मेरो सट्टा पनि तिमि हाँसी देउ न। अनि तिमी चाहि के बुझेर भान्छे सङ कुरा गरि राको नि?" मैले सोधें।


"भान्छेले त कस्तो राम्रो कथा भन्यो नि मलाइ।" दङ पर्दै भनी उसले।


"कस्तो कथा?" मैले फेरि सोधें


"आधा बाँदर र आधा मान्छेको शरिर भाको प्राणीको कथा।" उसले स्वर ठुलो पार्दै भनी।


म एक्छिन ट्वाल्ल परेको देखेर फेरि खित्का छोडेर हाँसी। "तिमीले साँच्चै पत्याको?"


"तिमी जस्तो गफाडीले भनेको पनि कहिं पत्याँउछु। मेरो कलम देख्यौ कतै यहाँ?" मैले सोधें।


"यो हो ? यो कलम जसको भए पनि म तिमीलाइ नि "गिफ्ट" दिन्छु भनेर राखेको। लौ, लिउ।" उसले मेरो कलम दी। अर्काको भावनासङ रङेको त्यो कलम अझै उसको उपहार रे। कति कुरा जानेकी ?
केहि बेरपछि उ आफ्नो कोठामा सुत्न गइ। मैले आनन्दको सास फेरें। भोलिपल्ट कार्यतालिका अनुसार उसको तालिम शुरु भयो। बेलुकी यिन्तेको निम्तोमा हामी खाना खान गयौं। सासा उसकै साथीकाँ खान बोलाको छ भनेर गइ।
कुरै कुरामा मैले जानी जानी यिन्तेलाइ हिजो राती "ओवरडोज" भएकी केटिको बारेमा सोधें।


"उ त आज रिह्याबमा गै सकी।" यिन्तेले छोटो उत्तर दियो।


"किन खान्छन् मानिसहरु "ड्रग्स्"? त्यति जवान केटी। हेर त्यसको जिबन बर्बाद हुने भयो।" मैले रितुको अनुहारको नमिठो रेखाहरु पढ्दै भने।


"तिमी चुरोट किन खान्छौ?" अचानक सोधी रितुले।


"त्यसै, यसै, टेन्सनले अथवा बानी...।" मैले भने।


"हो त्यस्तै, "ड्रग्स्" खानेहरुको पनि त्यस्तै हो। कुनै खास कारण हुँदैन।" उसले स्पस्ट पार्न खोजी।


"के तिमीले पनि कहिले "ड्रग्स्" खाएकी छौ?" मैले मौका छोपेर उसलाइ प्रश्न गरें।


"के खाएको छैन भनेर सोध न। गाँजा, चरेश, हेरोइन, ब्राउन सुगर्, एम्फिटामिन........। अरु के?" उसले त यति लामो लिस्ट बनाइ।


"साँच्चै कि तिमी जोक गरिराको म सङ। यहाँ इन्स्पेक्टर यिन्ते हुनुहुन्छ। फेरि तिमीलाइ यही कुराको आधारमा रिह्याब पठाइदिनु होला।" मैले जिस्किदै भने। मेरो कुरा सुनेर इन्स्पेक्टर यिन्ते अलि अप्ठ्यारोमा परेको जस्तो गर्न थाल्यो र फिस्स हाँस्यो बाताबरनलाइ सहज पार्न।


"म पहिले कुनै बेला "हेरोइन युजर" थें, तर अहिले मैले छोडिसके।" उसले यसरी भनी मानौं कुनै ठुलो बहादुरीको काम गरेकी छ।


म झल्याँस्स भएँ, हिजो राति मेरो साथीले दिएको खबर झुठो थिएन। "अपरेसन ००३" पनि त्यो चाइनिज केटी जस्तै "ड्रग् एयाडिक्ट" थी, शायद लागु औषध तस्कर पनि।


 क्रमश:

 

 

 

Last edited: 01-Jul-08 01:40 PM
Read Full Discussion Thread for this article