Posted by: fucheketo June 30, 2008
आत्मा उज्यालो माग्दै थियो ।
Login in to Rate this Post:     0       ?        

"अनि ?" भारि मनले मैले सोधेँ ,मलाई त्यो आफ्नो सोधाई औपचारिकता मात्र लाग्यो , फगत औपचारिकता ,कथा मा बाँकि केहि बचेकै छैन झैँ लाग्यो ।तर उ गम्भिर भएर ठिंग उभिएको थियो ।काँधको राइफल भारले गलेर होला तल झारेको थियो । अनि त्यहि राइफलको चुच्चोले खुट्टा छेउको माटोमा केहि कुराको आक्रिति बनाईरहेको थियो गहिरो गाडेर । बल प्रयोग गर्नुपर्ने आवश्यकता थिएन त्यो बलौटे माटोमाँ ,आक्रिति बनाउन पनि सजिलो ,मेटाउन पनि सजिलो हर्के को मन जस्तै ! त्यो अँध्यारोमा तिँ माथि बालुवा मा कोरेको आक्रिति ! हुन त त्यो आक्रिति देखिदैन थियो होला तर पनि उ अनवरत कोरिरहेको थियो ।

"तँ मलाई सारै नराम्रो मान्छे हो बनेर दाँज्छस् है ?"अचानक उसले प्रसङ्ग बेगर को प्रश्न राख्यो ।

"होईन !"मैले हतारिएर उत्तर दिएँ । म उसलाई हिनताबोध गराउन चाहन्न थेँ । कुनै कुनै सत्यहरु पिडादायक हुन्छन् भन्ने मैले पनि बुझेको छु ।अझ आत्मा मा आफ्नो परावर्तन खोजेर आफु नराम्रो लागेको सत्य त सबै भन्दा पिडादायक हुन्छ ।मान्छे ले आँफैलाइ घ्रिणा गर्नु भनेको उसको अन्त्य हो करिब करिब । त्यसपछि उसले जिउन छोड्छ उ मात्र जिवन काटिरहेको हुन्छ  । हर्के आफुले छोड्ने छाप कस्तो हुन्छ जान्न खोजिरहेको थियो ,मैले उसलाई त्यो मौका दिइन ।

"कल्पना को जीवन बर्बाद गरिदिएँ भनेर त पक्कै पनि सोचिरहेको होलास् हैन ?"

तर ढिटले झैँ उसले फेरि प्रश्न राख्यो त्यहि सेरो फेरोमाँ । यसपालि भने हैन भन्ने शब्द मेरो मुख बाट निक्लेन । म झुट बोल्न चाहन्थेँ तर सकिन ।मैले नदेखेकि मेरी नायिका को उसले कोरिदिएको धमिलो तस्विर झलझल्ति मेरो अगाडि आइरह्यो ।

उ मुसुक्क हाँस्यो अनि फेरि आफ्नै कथामा फर्कियो ।

 

"करिब दुई महिना हामीले हरेक हफ्ताको अन्त्य उसैको कोठामा बितायौँ ,शायद मेरा जीवनका स्वर्णिम पलहरु थिए ति जस्लाई मैले अझै मुटुका कुना काप्चामा साँचेर राखेको छु । हरेक रात उहि नशा ,उहि मादकता ,उहि प्राप्ति र उहि त्रिप्ति बोकेर गुज्रिए ! मेरो जीवनमा ति प्रत्येक रातमा उ एउटा नयाँ आयाम थप्दै गई ,उसको ओठ नयाँ स्वाद थप्दै गयो ,उसको अँगालो नया उष्णता थप्दै गयो ,अनि उसको सन्तुष्टि नै मेरो लक्ष बन्यो त्यति खेर । उ कहिल्यै पुरानि लागिन बरु अझ निखारिएकि ,अझ अभ्यस्त लागि ,अझ पारङ्गत लागि ! मानौँ उ मेरो लागि मात्र बनेकि हो ! उ मात्र पग्लिन जान्दछे मेरो आत्मा भिज्ने गरी ,मेरा दिनहरु कल्पनामा डुबाउने गरी ति रात हरु गुज्रन्थेँ ।"

 

"तैँले सिकाएर होला नि !" उसको वर्णन मैले सहन सकिन ,उसको रास लिला को कथाहरु सुन्नु मात्रै मेरो रातचर्या भए जस्तो  , उसको अभिमान बिजय भएकै कथा रह्यो यो पनि मैले सोचे जस्तै ! आखिर के नयाँ छ यसमाँ ? केहि पनि त नयाँ छैन न शुरुवात न अन्त्य । ,उसले अचम्म मानेर मलाई हेर्यो मेरो मुहार पढ्न खोज्यो ,मेरो ब्यङ्ग्यको जरा पत्ता लगाउन खोज्यो ।

 

"संसार सबै तैँ जस्तै सन्तात्मा हरुले भरिएको भए कति सुखि हुन्थ्यो होला ! तँ हरेक कुरा आफ्नो ढंगबाट सहि गलत छुट्याउँछस् तर एउटा कुरा नबिर्सि , यो संसार मा साँचो झुटो हुन्न ,यो संसारमा केवल सत्य हुन्छ ,कुनै हामीले मान्ने हुन्छन् कुनै हामी मान्दैनौँ ,अनि हामीले नमान्ने सत्यलाई हामी झुटको मुकुण्डो लगाईदिन्छौँ ,स्वार्थको जसले त्यो शुषुप्त सत्य पनि आफसेआफ झुटो हुन्छ ।" उसले खुइय सुस्केरा काड्यो ।

 

"मलाई लाग्न थाल्यो म कल्पना माथि ठूलो अन्याय गर्दै छु ,मैले वास्तविकता बताउनु पर्छ ।"

"के ? यहि कि तैँले उसलाई प्रयोग गरेको थिइस् ?त्यो तैँले वास्तविकता बताएको होईन ,उ बाट छुटकारा पाउने बहाना खोजेको होस् । " म अनायसै चिच्याएँ ।अब के हामी कथा कस्तो थियो गर्नु हुन्थ्यो र हुन्न थियो को मात्र समिक्षा गरिरहेका थियौँ त ? यता उता हेरेँ , पसिना ले लतपत भइसकेको रहेछु त्यो बंकड भित्र । अनि आफ्नो पसिना पुछेँ ।

"तँ पहिला पुरा कथा त सुन्" उसले मेरो आवेश ठण्डा बनाउने प्रयास गर्यो ।अनि फेरि आफ्नो कथा सुनाउन तिर लाग्यो ।

"अनि सोचेँ यो माया हो ,जस्ले गर्दा मलाई लागिरहेको छ कि म कल्पना माथि अन्याय गर्दै छु । म उसलाई आजै बिहाको प्रस्ताव राख्नेछु !"

 

मलाई मेरो कानमाँ बिश्वास लागेन ,साँच्चै नै हर्के ले भनेजस्तै त्यो कथा पुरा भएको रहेनछ ,यो कथाको नयाँ मोड मेरो लागि पटक्कै पनि विश्वास योग्य थिएन ।हर्के ति रातका बिताएका पलहरुको लागि विवाह गर्ने सोचमाँ गयो । हरेक नारी सँगको अनुभुति फरक फरक हुने रहेछ आखिर क्रिया त्यहि हो अन्त्य त्यहि हो तर पनि मान्छेको मुटुमा फरक फरक असर छोड्ने रहेछ त्यसले । पक्कै पनि अलौकिक हुनुपर्छ कल्पना उसकि कल्पना मेरी नायिका जस्ले ढुंगामा मुटु जोडिछे त्यतिखेर ,उसले हर्केमाँ उमारेको मुल साँच्चै अचम्म थियो ,परिभाषा भन्दा बाहिरको थियो ।

 

"म सँधै को हफ्ता को अन्त्य झै त्यो हफ्ताको अन्त्य पनि बेलुका कल्पनाको कोठामा गएँ फटाफट ,उसका साथिहरु भोलिपल्टको छुट्टि मनाउन घर तिर लागि सकेका थिए सँधै जस्तै ! कोठा नितान्त एक्लो थियो ,अनि धमिलो प्रकाशमा उ मलाइ नै कुरेर बसिरहेकि थिई । म पुग्ने बित्तिकै उ झम्टिहाली हफ्ताभरिको प्रतिक्षा उसलाई सँधै धेरै भोको बनाउँथ्यो । उसले बोल्ने समेत मौका दिईन ,उ जे जे चाहन्थि बिस्तारै बिस्तारै म गर्दै गएँ ।

सुस्ताएको बेला मैले उसको नग्न शरिर माथिको फैलिएको लामो कपाल लाई खेलाउँदै उ सँग विवाहको प्रस्ताव राखेँ । उसले अचम्म मानेर मेरो अनुहार हेरी । अनि सोधि तिमीलाइ थाहा छ ओछ्यान ,आवश्यकता ,सम्बन्ध र भावना फरक फरक कुरा हुन भनेर ? मैले उसको गोल गोल घुमेको कुरा बुझिन । म विवाह को कुरा गर्दैछु ,मैले उसलाई थोरै अरु स्पष्ट गर्न खोजेँ । म पनि त्यहि नै कुरा गर्दैछु । हामी अहिले जे गर्दैछौँ त्यो मात्र साटासाट हो आवश्यकताको साटासाट , भावना अर्को कुरा हो सम्बन्ध अर्को कुरा हो जुन शायद म तिमीसित कल्पना पनि गर्न सक्दिन । त्यति खेर उ ढुङ्गा जस्तै भएर अनुहार मा भाव परिवर्तन सम्म नल्याई जवाफ दिईरहेकि थिई । एकछिन त म अवाक भएर उसका शब्दहरु सुनिरहेँ त्यस्तो कलिलो शरिरबाट निक्लेका त्यस्ता रुखा शब्दहरु कहालि लाग्दो म निस्सासिएर त्यति नै खेर त्यहिँ नै ढलौँला जस्तो । त्यतिन्जेल सम्मको मैले गरेका कुराहरु मै माथि फर्किए ,पहिलो चोटि मलाई कसैको अगाडि हात फैलाएको अनुभव भयो । एक छिन हामी बिच भनाभन भयो । परास्त भएको मैले सहन सकिन । आधारातमै उसको कोठा छोडेर म बाहिर निस्किएँ ।"

 

क्रमश:

 

 

 

Read Full Discussion Thread for this article