Posted by: crazy_love June 29, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

पाँच मिनेटको ड्राइबपछि जीप एउटा कम्पाउन्ड भएको अस्पतालभित्र रोक्यो। अस्पतालको ढोकानिर फोहोर ढल बगिरहेकोथ्यो। इमर्जेन्सी डिपार्टमेन्टको छुट्टै घर रैछ, ढोकाको बायाँतर्फ। त्यो कपाउन्ड भित्र छिर्नासाथ मलाइ गर्मी हुन थाल्यो। चिट् चिट् पसीना आउन थाल्यो फेब्रुअरिको मध्य महिनामा पनि। मैले कसैले नदेख्ने गरी पसीना पुछे हातैले। उफ्, कस्तो क्षण हो यो? मनमनै आफैलाइ सोधें।


"बढ्दो आधुनिकता, आर्थिक अन्योल र अनिश्चित भबिस्यको कारण धेरै युबाहरु लागु पदार्थ सेवन गर्छन् यहाँ। जति कडा सजाँय राखे पनि यो समस्या अझै बढ्दो छ यो ठाँउमा।" इन्स्पेक्टर यिन्ते बताइ रहेकोथ्यो। मलाइ चाहि "००३" लाइ हेर्न हतार भइसकेको थ्यो। मरेकी त छैन होला भन्ने आशामा थें। मरी  भने अर्को आपत। त्यसै त मेरो देशलाइ शक्ति सम्पन्न  राष्ट्रहरु मानब अधिकारको दमन गरिएको देश भनेर आरोप लगाँउछन्, झन् उ मरी भनी के के मुद्दा खेप्नु पर्ने हो? मेरो जागीर त चट् हुन्छ हुन्छ, जिबन पनि चट पार्देली भन्ने डर। भित्र पस्नासाथ व्हास्स "औसधी" को तिखो गन्ध नाकमा पस्यो। यो गन्ध त म सहनै सक्दिन। तर के गर्ने? अहिले त मलाइ जे पनि सहनै पर्छ। यिन्तेलाइ देख्नासाथ दुइ पुलिस जवानले सलाम ठोक्यो। आर्मी र पुलिसको जिवनमा अरु खान नपाइेपनि "सलाम" जति नि खान पाइन्छ। तर "रिटायर्ड" भाको भोलिपल्टदेखि कुकुरले पनि पुच्छर हलाउदैन। भाग्यमानी रैछ भने पुलिसले जति पनि पैसा खाने ठाँउहरु बनाउन सक्छ, तर आर्मीलाइ अलि गार्हो हुन्छ राम्रो ठाँउमा नपरे सम्म।


"के भाको रैछ त?" यिन्तेले सोध्यो।


"ओवरडोज भएर ढलेकी रैछ, सर। अहिले होश आइसक्यो।"


"ओवरडोज?" मेरो मुखबाट अचानक फुस्कियो।


"उहाँ मेजर मिन्जो, रङूनबाट मिस रितु सङ आउनु भएको।" यिन्तेले चिनाउन नभ्याउदै दुबै जवानले मलाइ पनि सलाम ठोके।


"सर, उसको परिवार आइसके अहिले। भित्र डाक्टरसङ कुरा गर्दैछन्।" एउटाले भन्यो।


"राम्रो भयो। परिवार सङ "उपचार"को बारेमा पनि कुरा गर्नु पर्‍यो। स्थिति राम्रो हुनासाथ तुरुन्तै "रिह्याब" मा पठाउने।" यिन्तेले आदेश दियो।


मेरो मन ढुक्क भयो। त्यो "००३" रैनछ, यहीको स्थानिय युबती रैछ, जसको परिवार पनि आइसकेको छ। अब मलाइ उसलाइ हेर्ने जरुरत परेन। फेरि अर्को टेन्सन उही रुपमा आयो मेरो अगाडी। "००३" चाही कहाँ ढली राकि होली? अब म होटेल फर्किनु पर्‍यो चांडो भन्दा चाँडो।


"सर, भित्र एकचोटि बिरामी हेरेर आँउछु म" भनेर यिन्ते एउटा सानो सीसाको बार भएको कोठा भित्र छिर्‍यो।" मेरो चाहि मुटु फेरि भुट्भुटिन थाल्यो। घडी हेरें १०.३० pm भइसकेछ। एकचोटि होटेलमा फोन गरें कतै आइसकी कि भन्ने आशमा। अघिकै रिसेप्सनिस्टले फोन उठाइ। मैले "बिदेशी" कोठामा आइसकि कि?" भनेर सोधें। उसले "अहिलेसम्म मिस रितुको कोठाको साँचो यही छ" भन्ने चिसो उत्तर दी। मैले केहि नभनी फोन राखी दिएँ। अब मेरो निद्रा र थकाइ धेरै टाढा भागिसकेको थ्यो। इन्स्पेक्टर यिन्तेले भोलीबिहानको नास्ता सङै गरौं भन्ने प्रस्ताब राख्यो। कहाँ के को टेन्सन भैराको बेलामा "खानेकुरा" को कुरा कसरी गर्ने? मैले भोली दिउंसो  सल्लाह गरेर रातीको खानाको लागि सङै समय मिलाउला भने। उनिहरुले मलाइ होटेलमा छोडिदिए।


लब्बीभित्र छिर्नासाथ उही रिसेप्सनिस्टले सोधी, "मिस रितुलाइ भेट्नु भएन, सर?"
"आँउछे होली एकैछिनमा। म त येसो सहर हेर्न मात्र गाको। उसलाइ खोज्न होइन नि।" मैले अर्को झुठ पनि बोलें। रिसेप्सनिस्टले एक नजर अचम्मले मलाइ हेरी अनि फेरि आफ्नै काममा लागि। अब चाहीँ के गर्ने हो मैले? दिक्क लाग्यो। एकचोटि रङूनमा मेरो साथीलाइ फोन गर्न मन लाग्यो। उ म सङै काम गर्ने तर मिल्ने साथी हो। उ पनि "अपरेसन ००३" को पुरानो कुराहरु खोज्ने काम गर्छ। उसलाइ भन्यो भने त केहि फरक पर्दैन। तर यो जागीरमा कसैको पनि भर हुँदैन। मनको सन्तोषको लागि फोन गरें। उ अझै सुतेको रहेनछ।


"कस्तो भयो त "अपरेसन ००३" सङको यात्रा?" उसले जिस्काउन थाल्यो।


"के हुन्थ्यो? मरुभुमी जस्तो जिवनमा क्याक्टस फुल्या जस्तो।" मैले आफ्नो समस्यालाइ लुकाउने चेस्टा गरें।


"हा..... हा....... हा" उ मेरो कानको जाली फुट्ने गरी हाँस्न थाल्यो उता।


"सुन्न, त्यो क्याक्टसको बारेमा केहि नयाँ कुरा पत्ता लाग्यो?" मैले गम्भिर भएर् सोधें।


"अँ, यो क्याक्टसको एउटा पुरानो तस्बीर फेला फर्‍यो आज। केहि बर्ष अघिको..."


"अनि के छ त त्यसमा......?" उसको बाक्यलाइ पुरा हुन नदिकन मैले सोधें।


"त्यस फोटोमा एसिया र पश्चिमी मुलुकका मान्छेहरु छन्, त्यसैमा रितु पनि छे।"


"त्यो कुन ठुलो कुरा हो र? उ सधैँ देश बिदेश घुम्ने मान्छे। उसको साथी हरु जुन देशको पनि हुन सक्छन्। अनि.......?" मलाइ उसको कुरा लामो गर्ने बानी मन पर्दैनथ्यो।


"फोटो ठुलो कुरा होइन, तर उ जो सङै टाँसिएर फोटोमा बसेकी छे, उ चाँही चाइना सरकारले "मोस्ट वान्टेड" लिस्टमा राखेको केटी हो।"


"रितुलाइ त्यो कुरा थाहा होला र ? त्यो चाइनिज केटी किन त्यो लिस्टमा रैछे त?" मैले येसै सबै कुरा सहज बनाउन कोशिश गरें।


"त्यो चाइनिज "हेरोइन युजर" हो र लागु पदार्थ बेचबिखनमा पनि धेरै सक्रिय देखिन्छे। उ बैंककमा बस्छे र त्यहाँबाट अरु मुलुकका माफिया सङ सम्पर्क गर्छे। फोटो कुनै समुद्री तटमा खिचिएको छ।"


"यो केटीलाइ किन म्यान्मार नै आउनु परेको होला कामको लागि? बेकारमा हामीलाइ टेन्सन माथी टेन्सन।" म झन् आतिएं मेरो साथीले दिएको जानकारीले।


" यहीँ त छ सबै भन्दा गाँठी कुरो। उ पनि त्यो चाइनिजसङ मिलेकी हुन सक्छे र हाम्रो देशको स्थानिय "तस्कर" हरु सङ मिलेर "हेरोइन" आफै लान सक्छे अथवा अरुको मार्फत सीमा पारी पुर्याउन सक्छे। तलाइ थाहै छ। त्यो "टाचिलेक", जहाँ उसको अन्तिम तालिम सकिनेछ, त्यहाँबाट थाइ बोर्डरसम्म जङलको बाटो हिंडेमा समातिने डर नै हुँदैन। त्यो मुला "बोर्डर" पार गर्न कुन ठुलो कुरा हो र यहाँबाट?" उ सङ कुरा गरेर केहि राहत होला भनेको त उसले त पुरै सिनेमा जस्तो कहानी आफै बनाइ दियो।


"अहिले काँ छे त "००३"?"साथीले फेरि मेरो मौनता तोड्दै उताबाट सोध्यो।


"सुत्न गइसकी। ल म पनि थाके। अब सुत्न जान्छु। भोलि फोन गर्छु तलाइं" भनेर फोन राखेँ।
अब एउटा कुरा गर्न सक्ने भनेको उसको कोठामा तलासी लिनु थ्यो। अब आउली जस्तो त पक्कै थिएन। मैले रिसेप्सनिस्टसङ मेरो परिचय पत्र देखाए पछि झन् छक्क पर्दै उसले मलाइ रितुको कोठाको चाबी दी।


म कोठामा जानासाथ पहिले उसको सुटकेस खोल्न थाले। त्यहाँ उसको लुगा र केहि किताबहरु थे। किताब उसको "ब्यबहार परिबर्तन शिक्षा" सङ सम्बन्धित थ्यो। उ किशोर किशोरी हरुलाइ त्यस सम्बन्धी तालिम दिन्थी। मलाइ त्यो सङ सरोकार नै थिएन। मलाइ केहि पाउनु थ्यो। "हेरोइन" को पुरिया अथवा त्यस्तै केहि सन्दिग्ध सुत्र जस्ले मेरो साथीले दिएको जानकारीलाइ पुस्टी गरोस। केहि सौन्दर्य सामाग्री, साबुन र श्याम्पुसङै उसको "हेयर ड्रायर" पनि थ्यो। नखोलिएको "स्यानिटरी प्याड" को एक पोका पनि। "लावेन्डर" लेखिएको "परफ्युम", उ नजिक आँउदा त्यस्तै बास्ना आँउथ्यो। एउटा ब्राजिलिएन लेखकको "पाचौँ पहाड" शिर्षकको उपन्यास पनि भेटियो। नयाँ जस्तो देखिन्थ्यो, पढेर कहिं पनि चिनो लगाएको भेटिएन। मैले उसको सुटकेसमा त्यस्तो केहि पाइन जसले मलाइ उ अहिले कहाँ हुन सक्छे भन्ने संकेत गरोस। त्यसपछि मैले उसको दराज, बाथरुम सब खोजे। उसले कहिँ केहि राखेकि थिन। मैले रिसेपसनिस्टलाइ यदि लब्बीमा आइपुगी भने मलाइ सुटुक्क खबर गर्नु भन्न बिर्सिएको थें। त्यही भन्छु भनेर फोन गर्न खोजेको त उसको खाटको सिरानीमा अर्को एउटा किताब देखेँ। किताबको शिर्षक थ्यो "प्रजान्त्रकी देवी, आङ साङ सुकी"। उसले किताबको मध्यतिर "पेज ब्रेकर" ले चिन्ह लगाएकी थी।

 मेरो दिमाग अब झनै फनफनी घुम्न थाल्यो।
"अपरेसन ००३"  हाम्रो देशमा प्रजातन्त्रको पाठ पढाउन आएकि हो कि लागु पदार्थ तस्कर गर्न? म झनै रनभुल्लमा परें।

क्रमश:

Read Full Discussion Thread for this article