Posted by: crazy_love June 28, 2008
"अपरेसन ००३"
Login in to Rate this Post:     0       ?        

 

म जे पर्ला पर्ला त भनेर शुरु शुरु अगाडी लागे सीधा सडकबाट २ मिनेट हिंडेपछि चोकमा आइपुगे। यो लाशो सहर म १ बर्स अघि १ चोटि मात्र आको छु। त्यहि पनि धेरै दिन बसेर घुम्न पाको छैन। यो शहर हाम्रो देशको एउटा ठुलो अन्चल जस्तै हो, ब्रिटिशहरुको राज देखि नैं यो अलि अरु ठाँउ भन्दा बिकसित छ। कारण यो चाइनाको सीमासङ जोडिएको छ र यहां २ नम्बरको धन्दा पनि हुन्छ। त्यसमा पनि अफिमको उत्पादन र हतियारको बेचबिखनले गर्दा अलि पर पहाडतिर प्राय बेला बेलामा प्रहरी र माफियाको मुठभेट हुने गर्छ। लागु पदार्थ उत्पादन र "ट्राफ्फिकिङ" मा मेरो देश अफगानिस्तानपछि दोस्रो स्थानमा पर्छ भन्दा मलाइ गर्ब लाग्दैन। तर पैसाको आबस्यक्ता र थोरै समयमा यथेस्ट कमाइ हुने बाटो केहि मानिसहरु हिम्मत गर्छन् त्यसैलाइ पेशा बनाउन। माफियाको कुरा गर्दा मलाइ "००३" प्रति अलिकति शंका लाग्न थाल्यो। उ दिनभरि केहि नखाइ बस्न सकेकी थी। कतै उ लागुपदार्थ त प्रयोग  गर्दिन? कि तेहि तलतलमा उ अफिम अथवा हिरोइन खोज्न हिंडेकि हो अहिले?

चोकमा एउटा शालिक छ, मलाइ त्यसको कथा था छैन। अहिले मेरो मस्तिस्कमा "००३" बाहेक अरु केहि छैन। अब कता मरी होली त्यो अहिले? झनक्क रिस उठ्यो फेरि मलाइ। शालिकको अगाडिको सिधा बाटो सजिलो छ, पक्कै पनि उ नयाँ ठाँउमा त्यस्तै बाटो रोज्छे होला। म त्यहाँबाट अघि बढें। अलिक पर पुगेपछि बुद्धको मन्दिर देखें, जहाँ झिलिमिलि बत्ति बलिरहेकोथ्यो। कुनै पनि बेला बिजुली जानु र लोडशेडिङ दिनहुँ हुनु पनि ठुलो कुरा होइन हाम्रो देशमा। मन्दिरतिर चाहि जेनेरेटर चलाएको हुनु पर्छ। मैले "००३" मन्दिरभित्र पो घन्टी बजाउदै छे कि भनेर बाहिरै बाट हेरें। मन्दिरमा त्यहीको कामदारहरु मात्र थिए। तैपनि भगवानलाइ नमस्ते गर्‍या जस्तो गरेर मन्दिर वरिपरि खोजें "००३" लाइ। उ त्यहाँ पनि थिन। अब कहाँ जाने होला भन्दै मन्दिर बाहिर निस्केर म फेरि त्यहि सिधा बाटो अघि बढी रहें। कोहि छैन बाटोमा केहि छिनपछि बाँयातिर लाग्ने सानो कुइनेटो जस्तो बाटो देखें, माथीबाट हेर्दा त्यो बाटो ओरालो गएर अर्को मुख्य बाटोलाइ भेट्ने रैछ। तल को मुख्य बाटोमा केहि मान्छेहरु हिंडेको देखियो। शायद यही बाटो गाकि हुनु पर्छ "००३"। म ओरालो लाग्न थाँले। केहि तल पुगेपछि एउटा जड्याँहा बाटो सबै उसको बाउको जस्तै गरी हल्लिदैं थियो। उसलाइ वास्ता नगरी म हिंडे मुल सडकतिर। तल्लो सडकमा फलफुल पसल, चिया पसल र "कराओके बार" पनि देखें। सहरको मुख्य भाग होला यो। "कराओके बार" निर एक हुल जवान युबतीहरु आधुनिक पहिरनमा देखें। तिनिहरुको बिचमा कतै "००३" लुकेकि छे कि भन्ने सोचेर उनिहरुसङ एकछिन कुरा गर्न थाँले र प्रत्येकको अनुहार राम्ररी नियाँले। उनिहरु राजधानीबाट आएको हाकिम भनेर दङ परेर कुरा गर्न थाले म सङ। शायद उनिहरु ग्राहकको प्रतिक्षामा थिए। अभाब, गरिबी र आबश्यक्ताले मान्छेलाइ कसरी बिबश बनाँउछ भनेर रङूनको नाइट क्लबमा काम गर्ने एउटी केटीले केहि बर्स अघि मलाइ भनेकी थी। उनिहरुसङ बिदा लिएर म जुन बाटो ओरालो लागेको थे, त्यहिबाट उकालो लाग्न थाँले। हेड क्वाटरमा खबर गर्नु भनेको मेरो आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तैथ्यो। किनभने "००३" म सङ थी, उ अचानक कसरी हराउन सक्छे? यदि उ हराइ भने पनि म प्रति उल्टो शंका गर्न सक्थे उनिहरुले। अब सार्है दुबिधा पो भयो। अघिको मन्दिर अगाडी पुगेर मैले बुद्धलाइ प्राथना गरें "हे भगवान! जसरी हुन्छ "००३" भेटाइदेउ।" त्यतिकैमा एउटा जीप अगाडी आएर रोकियो, एकजना मान्छे बाहिर निस्केर मलाइ सोध्यो।

"म इन्स्पेक्टर यिन्ते! लाशो इलाका प्रहरीको। हजुर्, रङूनबाट आउनु भएको मेजर मिन्जो हो?"


"हो त! म मेजर मिन्जो हुँ। म त को होला भनेर पो छक्क परेको। तपाइंसङ भेटेर मलाइ खुशी लाग्यो इन्स्पेक्टर यिन्ते" मैले उ सङ हात मिलाउदैं भने।


" हजुरलाइ भेट्न म "लाशो होटेल" पुगेकोथें। ढिलो भएं। एउटा "ड्रग पुशर" (who sells drugs in a small amount not a big dealer) लाइ समातेको थें दिँउसो। अनि त्यहि इन्वेस्टिगसनमा हजुरहरुलाइ स्वागत गर्न आउन पाइन।" यता उता हेर्दै इन्स्पेक्टर यिन्तेले सोध्यो "मिस रितु खोइ त?" जे नसोधोस भनेको त्यहि सोधेपछि जवाफ दिनै पर्‍यो नि। मदद लिने हो भने सबैतिर एकैछिनमा हल्ला हुन्छ। फेरि आफ्नै कमजोरी देखिन्छ। धर्मसंकटमा पो पारी त मलाइ "००३" ले। मैले भगवानको अघि बसेर झुठ बोले।

"यही मन्दिर सम्म आएर फेरि निद्रा लाग्यो भनेर होटेल फर्की। म चाहि एकैछिन खुट्टा तन्काउनु पर्‍यो भनेर त्यहीँ तल गएर आएको।"

"हजुर, कतिखेर होटेल फर्किने ? नत्रभए हामी पुर्‍याइदिन्छौ नि हजुरलाइ।" यिन्तेले भन्यो।
अरु बहाना बनाउन नमिलेपछि म उसको जीपमा बसें। बाटोमा यिन्तेले उसको इन्वेस्टिगेसनको कुरा गर्‍यो।


"के गर्नु हजुर? आज समातेको त्यो "ड्रग पुशर" को स्वास्नी पनि समात्नु पर्नेछ। तर लोग्ने र स्वास्नी दुबै समाते पछि उनिहरुको ३ जना बच्चाहरुको रेखदेख गर्ने कोहि छैन। फेरि ३ जनाइ बच्चाहरुको गम्भिर स्वास्थ्य समस्या रैछ। मुटुको बिरामी, दम र बेहोश हुने रोग। यो इन्वेस्टिगेसनमा हाम्रो १ बर्स बित्यो। अब स्वास्नीचाहिँलाइ समात्नु पर्ने अबस्थामा बच्चाहरुको पनि लागि पनि सोच्नु परेको छ। एकातिर कर्तब्य छ अर्कोतिर मानबिय संबेदना।"

म पनि त्यहि दोधारमा परेको छु अहिले। भन्न पो मिल्दैन। एकातिर मलाइ "००३" कहाँ हराइ भन्ने पीर परेको छ अर्कोतिर उसको रहस्यहरुलाइ खोतल्ने दायित्व छ। म चुपचाप छु। उपाय देख्दिन। कतै होटेलमा फर्की सकी कि भन्ने झिनो आशा पनि छ। "००३" ले मेरो यो जागीर पनि खाने भइ।
 
एक छिनपछि इन्स्पेक्टर यिन्तेको मोबाइल् बज्न थाल्यो।
"सर, हजुरको होटेलबाहिर एउटी जवान युबतीलाइ बेहोशी अबस्थामा फेला पारेको रहेछ केटाहरुले। उनिहरुले मलाइ यहि नजिकैको अस्पतालबाट फोन गरेका। युबतीको होश आइसकेको छैन रे। एकचोटी अस्पताल पो जानु पर्ने भो मलाइ त। हजुरलाइ "ड्रप" गरेर उता जान्छु म।"

मेरो मुटुको  धड्कन झन जोडले बज्न थाल्यो। के "००३" बाटोम बेहोश भएर ढली? अब यो केटीले अरु के के चर्तिकला देखाउने हो? कति सताउने हो मलाइ? जे कुरा अरुले था नपाओस भन्या त्यही झन पो था हुने भो।

"म पनि जान्छु तपाइसङ इन्स्पेक्टर यिन्ते। त्यसपछि मलाइ होटेल पुर्याइदिए हुन्छ नि।"

मेरो कुरा यिन्तेले काट्न सकेन र हामी अस्पतालतिर लाग्यौँ। बाटोभरी मलाइ एउटै प्रश्न आइरह्यो।


पुर्ब जुनीमा उसको रिन खाइद्या रैछु की के हो? हे भगवान! कस्तो दुख देकि मलाइ यो "००३" ले???

क्रमश:

Last edited: 28-Jun-08 03:38 PM
Last edited: 28-Jun-08 04:04 PM
Read Full Discussion Thread for this article