Posted by: aarigato June 28, 2008
पशुपतिनाथले कल्याण गरुन् !!!!!
Login in to Rate this Post:     0       ?        
जेठ १९ गते आउन चार दिनअघि अर्थात् जेठ १५ गते राती नै राजा ज्ञानेन्द्रको सत्ता हिड्यो । २०५८ जेठ १९ गते रातीको सशस्त्र राजयुद्धबाट प्राप्त राज्यसत्ताको सातौ वाषिर्कोत्सव मनाउन नपाउदै उनको सत्ता ढल्यो । ज्ञानेन्द्रसग उनको सत्ता मात्रै हिडेन, राजतन्त्रकै प्राणपखेरु हिड्यो, संसारको एउटा देशबाट विष्णुको अवतारको तार छिन्यो । विधिवत् दाहसंस्कार हुनुअघि राजतन्त्रका भक्तहरूले बम पड्काएर सलामी दिए । चार जना किरियापुत्रीले संविधानसभाको बैठकमा अन्तिम श्रद्धाञ्जलि चढाए । त्यसपछि राती सवा ११ बजे राजतन्त्रको अन्तिम संस्कार गरियो ।

राजतन्त्रको बिदाइ गरेको रात मलाई भने पटक्कै निन्द्रा लागेन । राजाबिनाको देशको गति के होला भनेर छटपटी भयो । ओछ्यानमा कोल्टे फेर्दै रातभर मैले सोचें -'जान त गयो राजतन्त्र, राजतन्त्रसगै ज्ञानेन्द्रजस्ता वीर षड्यन्त्रशिरोमणि राजा पनि गए, पारसजस्ता साहसी राजपुत्र पनि गए । मलाई चिन्ता लाग्यो, अब क्रेन लगाएर मन्दिरहरूबाट मुर्ती कसले उखेलिदेला ! होटल र डिस्कोहरूमा गएर कसका छोराले पेस्तोल पड्काउला - राजा नै नरहेपछि बटुवालाई कसका सन्तानको पजेरोले किच्ला ? कसले फ्या“क्ला नमिता-सुनिताहरूलाई पोखराको सेती नदीमा - जतिसुकै बेठीक भए पनि ठीक छ, ठीक छ भनेर कसले हाम्रो चित्त बुझाउला ? नबुझे पनि बुझे“, बुझे“ भन्ने यस्तो बुज्झकी राजा अब हामीले कहा“ पाउ“ला - कालोपदार्थ ओसारपसार र सेवन अब कसले गरिदेला ? गोडा धुवाएर नेपाली जनतालाई पानी कसले खुवाउला - विदेशका ब्याङ्कहरूमा कसले पैसा भरिदेला ? कसले खाला अपुताली, कसले खुवाउला काट्टो ? श्री पशुपतिनाथले कल्याण गरून् भनेर कसले गर्ला हाम्रो कल्याणको कामना ?

कोतपर्व, भण्डारखाल पर्व वा नारायणहिटी पर्वजस्ता ठूलाठूला चार्डपर्वहरूका परम्पराको सुरुवात अब कुन संस्थाले गर्ला ? हे भगवान् ! हामी पापी जनताले गर्नुसम्म पो गरेछौ“ कि क्या हो, विष्णुका अवतारको र्सवस्वै पो हरेछौ“ कि क्या हो !चिन्ताको कुनै ओखती छैन अब !त्यसकारण पुर्वराजा ज्ञानेन्द्रलाई बाईबाई भन्नुको विकल्प छैन । बरु सरकार, नारायणहिटी कुन दिन छाडिबक्सन्छ, खबर पाए डेरा र्सार्न सघाउन आउने थिए“ म, अलिकति भए पनि मबाट भएको पाप कटाउने थिए“ । पोकापन्तुरा बा“ध्न, खाट-दराज उचाल्न, केके पर्छ, सघाउन म इच्छुक छु । बोरा चाहिन्छ कि डोरी, ठेला चाहिन्छ कि भरिया भनिबक्सेला । सरकारले भनिबक्से पनि नबक्से पनि मचाहि“ भनिबक्सन्छु कि राजतन्त्र र मौसुफ सरकारको कल्याण गर्न नसके पनि व्यवसायी ज्ञानेन्द्र शाह वा नागरकि ज्ञानेन्द्र शाहजीको श्री पशुपतिनाथले कल्याण गरून् । जय नेपाल ! ! !
Read Full Discussion Thread for this article