Posted by: shirish June 26, 2008
New Nepal - Interesting News Collection
Login in to Rate this Post:     0       ?        

पारसका चालक माओवादी संगठनमा

काठमाडौं, (नेस) तत्कालीन राजदरबारमा कार्यरत कर्मचारीले बुधबार माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको कार्यसमिति गठन गरेका छन्।

यसरी सो संगठनमा प्रवेश गर्नेमा २ सय १३ जना रहेका छन्। कार्यसमितिमा पूर्वयुवराज पारसका निजी सवारीचालक अनिल अधिकारी उपाध्यक्ष भएका छन्।

माओवादी समर्थित कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछाने र निजामती कर्मचारी राष्ट्रिय संगठनका अध्यक्ष नेत्र भण्डारीको आतिथ्यमा दरबारस्थित खर्च विभागको कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी समिति गठन गरिएको हो।

खर्च विभागका शाखा अधिकृत कृष्णमणि फुयालको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिका सचिवमा खर्च विभागका कविराज बस्नेत र कोषाध्यक्षमा तत्कालीन राजाका अवकाशप्राप्त सचिवालय प्रमुख पशुपतिभक्त महर्जनको कार्यालयमा कार्यरत ज्योति श्रेष्ठ रहेका छन्।

कार्यसमितिका सदस्यहरूमा प्रमुख पदाधिकारी कार्यालयका वैकुण्ठ अर्याल, पूर्वराजाका निजी सचिवालयका आनन्द विष्ट, चिठीपत्र शाखाका शिवराम केसी, समारोह प्रबन्ध कार्यालयका माधव बुढाथोकी, बगैंचा शाखाका शंकर थापा, कम्पट्रोलर विभागका विनय खड्का र रुक्मिणी गुरुङ रहेका छन्।

 

\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\


Transport workers affiliated with All Nepal Transport Workers Association, Rupandehi chapter, distribute diesel at a local petrol pump station in Butwal on Sunday. As shortage of diesel has kept almost all means of public transport off the road in the district for the past few days, the workers seized two diesel carrying tankers from the local NOC office at Bhaluwari and distributed 24,000 litres of diesel to transporters.

(Photo : eKantipur )  

Last edited: 29-Jun-08 08:37 AM
Read Full Discussion Thread for this article