Posted by: shirish June 25, 2008
Login in to Rate this Post:
0
?
चिया बनाई दे भन्छे अचेल !
तरकारी बसाएर डढेको नि सुषुम्नाले चाल पाउँदिनन् !
मैले तरकारी पकाउन पर्छ ! भात पनि पकाउनु पर्छ !
देग चल्दैन क्रेजी लभको कथा पढ्न थाले पछि !
क्या लेखेको है डायरीको खाली पानाबाट भनेको सुनेर मेरो कान पाक्न लागी सक्यो !
को मान्छे होला / होली भनेर मात्र सोधेर हैरान छ !
फेरि क्रेजीले अर्को लेखेको/ लेखेकी छ रे !
पक्कै चिन्या हुनु पर्छ तपाईले - भन्नु न भन्नु भनेर हैरान पार्छे !
के तातो न छारो गजल लेख्नु नि - यस्तो पो लेख्नु भन्छे बा !
बेकारमा क्रेजी लभको कथा बारे Introduction गरि दिएको !
मलाई भाँडा माझ्न लगाएर उनी साझा - फाझा तिर लाग्छे अचेल !