![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
दुश्मनलाइ चिन्न सजिलो हुँदैन। त्यसमा पनि अर्कै मुकुन्डो लाएर देशको गोप्य कुरा खोतल्न आउने एजेन्ट त झन साधारण देखिन्छन्। मैले तालिममा सुनेको कुरा सम्झें। अँ, "अपरेसन ००३" एउटी सामान्य केटी जस्तै देखिन्थी। उसको बोलीचाली, हिडाइ, हेराइ र हंसाइ समेत एक्दम साधारण देखिन्थ्यो। गुप्तचरहरु त्यस्तै हुन्छन्, कर्नेल "ते ला" ले गुप्तचरबारेको लेक्चरमा देखाएको महिला गुप्तचरहरुको फोटो पनि सम्झें। सरल र निर्दोष देखिने ती महिलाहरुले कसरी गहिरो गहिरो राजको कुराहरु हात पार्छन् भनेर फिलिम पनि देखाइेको थ्यो त्यो कक्षामा। यो मेरो पहिलो अनुभव थ्यो, कसैको सुरक्षाको बहानामा उसको ब्यक्तिगत बिबरण पत्ता लगाउनु र उ बाट हुन सक्ने हानिबाट मेरो देश र जनतालाइ बचाउनु मेरो कर्तब्य थ्यो। "अपरेसन ००३" उसको देशको केहि दैनिक पत्रिकाहरुमा लेखहरु पनि लेख्थी। उसको लेखाइको केन्द्रबिन्दु प्रायजसो मानब अधिकार र जोखिममा रहेका समुहहरु हुन्थे। सामान्यता उ सडक बालक, महिला र जिबन उपयोगी सीपबारे कलमहरु चलाँउथी। खासै राजनैतिक प्रिस्ठभुमि नभए पनि कलेज जीबनमा उ कुनै बिध्यार्थी सङठनको नेत्रित्व गर्थी। उ मानब अधिकारको बारेमा पनि उसको लेखहरुमा खुलेर वकालत गर्थी। यो भन्दा अघि उ बैंककको एउटा संस्थामा काम गर्थी। कुन संस्था र कस्तो काम भने फाइलमा उल्लेख गरेको थिएन।
मैले आफ्नो मातहतका कर्मचारीहरुलाइ रितु को ("अपरेसन ००३")निगरानी नियमित राख्न निर्देशन देको थें। त्यस हप्ता पनि उसको बारेमा त्यस्तो महत्वपुर्ण सुत्र भेट्टाउन सकिएन। उ अफिस र होटेल अनि साथीभाइ देखि अरु कतै जान्नथी। १ चोटी शपिङ मलको साइबर क्याफेमा १० मिनेटको लागि याहु अकाउन्ट चलाएकी थी। उसको मेलहरुमा ब्यक्तिगत कुरा बाहेक अरु चासो लाग्ने बिषय थिएन।
मैले फिल्ड जानु अघि उसलाइ एकचोटी फोन गरें र बिहानै ६ बजेको फ्लाइट भएकोले उसको होटेलबाटै४ बजे हिंड्नु पर्ने कुरा बतांए। त्यति बिहानै उठ्नु गार्हो हुन्छ होला भन्दै थी। नभन्दै उसको होटेलमा "पिक अप" गर्न जाँदा उ सुतीरहेकीथी। होटेल लबीबाट दुइचोटी फोन गरेपछि बल्ल उठी। १५ मिनेट पछि एउटा सुटकेस घिसार्दै जिङ्रिङ कपाल सहित बाहिर निस्की। मलाइ "सरी" भनी र कारमा बस्ना साथ फेरि निदाइ। यस्तो मान्छेले के हानि गर्ली र जस्तो लाग्यो मलाइ। तै पनि के भन्न सकिन्छ र? हेर्दा पो त्यस्तो देखिन्छे। भित्र भित्र कस्तो बाठी छे कि के थाहा?
प्लेन १ घन्टा पछि अर्को सहरमा ल्यान्ड गर्यो। त्यहाँबाट अर्को १० घन्टा कारबाट प्रोजेक्ट साइट मा यात्रा गर्नुथ्यो। रितु बाटोभरीको द्रिश्य हेरेर रमाइ। त्यो रातो फुललाइ के भन्छ? त्यो रुखलाइ के भन्छ? भनेर प्रश्न सोधेर हैरान गर्न थाली। अत्ति भएपछि म निद्रा लागेको जस्तै गरी आँखा चिम्लेर बसें। त्यसपछि उसको सहकर्मीसङ कुरा गर्न थाली। उसकी साथी हाम्रो भाषा पनि सिकाँउदैथी। बिचबिचमा "धन्यबाद" "सन्चै" "खुशी लाग्यो" जस्ता शब्दहरुलाइ जस्ताको तस्तै उच्चारण गर्ने प्रयाश गरी रहेकी थी उ। उसकी सहकर्मीले "मन पर्छ" र मन पर्दैन कसरी भन्ने भनेर सिकाउन थाली। उसकी साथीको नाम सासा थ्यो। मैले हाम्रो भाषाबाट सासालाइ "त्यसलाइ धेरै नसिका, भरै हामीलाइ बेच्ली फेरि" भनेर जिस्काँए। सासा मरी मरी हाँस्न थाली। रितु मलाइ प्रश्नबाचक द्रिस्टीले हेर्दै बसी। म केहि नभाको जस्तै गरेर बसें। एकछिन पछि रितु ले "मन पर्दैन" (हाम्रो भाषामा-मचाइबु) भनी। सासाले "के मन पर्दैन? " भनेर सोधी। रितुले कान्छी औंला बिस्तार उठाएर मलाइ देखाइ। मैले साइडबाट देखें "अपरेसन ००३" मलाइ मन पराँउदिन।
क्रमश: