Posted by: CaMoFLaGeD June 23, 2008
मेरो एउटा घर छ
Login in to Rate this Post:     0       ?        

यहाँ पनि हेर तिम्रो आफ्नै घर छ
साथमा जीवन यात्रा गर्ने हमसफर छ

आमा बुवा सधैँ हुन्नन् आफ्नो वरिपरि
यादमा उनको आफुँलाई नसताउ घरिघरि
माया र भरोसाले सझिएको आफ्नै घर छ
साथमा जीवन यात्रा गर्ने हमसफर छ

छोरी मान्छे पराई धन पराई आफ्नो ठान्नु
भाग्यमानी रहिछौ तिमी मेरो कुरा मान्नु
अतुल ज्वाइँसाब सहितको सुन्दर घर छ
उनलाई पनि जीवनमा केवल तिम्रै भर छ

यहाँ पनि हेर तिम्रो आफ्नै घर छ
साथमा जीवन यात्रा गर्ने हमसफर छ

साह्रै राम्रो कविता लेख्यौ चेली तिमीले!

Read Full Discussion Thread for this article