Posted by: shirish June 20, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

एकक्षण जागेथें फेरि सुताउन थाले !

सपना देखाउँछौ भन्दै भुलाउन थाले !

 

कुहेको काठमा बुट्टा कुढाउन थाले-

‍टुंडाल बनाई त्यहि उठाउन थाले !


कालु बिचरा पसीना चुहाउन थाले

मकै खान हुल भालु आउन थाले !

 

कैची  चक्कु जोडिएका औंलाहरु
फुक्न नसकेक गाँठो चुडाउन थाले !

 

पागलका बस्तीमा जस्तै यी मान्छेहरु

ऐनासित आफ्ना आंखा जुधाउन थाले !

 

महात्माले झै अर्ती चांहि दिए दिब्य

भनेकै नहुंदा चित्त दुखाउन थाले !

 

Last edited: 21-Jun-08 12:30 AM
Read Full Discussion Thread for this article