Posted by: copycat June 20, 2008
paisa chorney kaam? kasto hoo
Login in to Rate this Post:     0       ?        
१- सायद तिमि स्कुल जाँदा नैतिक शिक्षा भन्ने विषय हटिसकेको थियो होला।
२- अर्को कुरा, नैतिकता भनेको आफैले आफैमा निर्धारण गर्ने सिमाना हो जस्तो लाग्छ मलाइ। सिमाना कसरि निर्धारण गर्ने भन्ने जिम्मा तिम्रै हो । कुन आधारमा गर्दा राम्रो हुन्छ भन्नेमा मेरो धारणा चाहिँ- सबैको भलो हुने किसिमको, नकि केहि सिमित मानिसको भलो हुने किसिमको कार्य । मुख्य गरि, कसैको भलो नै हुने भन्दा महत्वपुर्ण पक्ष चाहिँ के लिनु पर्छ जस्तो लाग्छ मलाइ भने, यदि तिमिले गरे जस्तै कार्य वा बोलि वा भावना सन्सारका सबैले गर्ने हो भने के सन्सार को अस्तित्व सम्भव छ? के मानव जाति र उसको समाज बाँच्न सक्छ त्यस्तो कार्य गरेर? यहि आधारमा हेर्दा तिम्रो पैसा चोर्ने बानि कत्तिको सान्दर्भिक छ भन्ने सोच । नुन निर्णयमा तिम्रो चित्त बुझ्छ, त्यहि गर, त्यहि सुझाव छ मेरो।
Read Full Discussion Thread for this article