Posted by: elusivecat June 19, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        
an excerpt from mysansar

समस्याको पृष्ठभूमिः
ललितपुरको एउटा सामुदायिक वनमा ढुंगाखानी सञ्चालन भइरहेको छ केही समयअघिदेखि नै। ढुंगाखानीले वातावरण विनाश भइरहेकोमा स्थानीय बासिन्दाहरुको चर्को विरोध रहे पनि र कानुनले नदिए पनि शक्ति कै आधारमा पेलेरै त्यहाँ ढुंगाखानी सञ्चालन भइरहेको छ। ढुंगाखानी चलाउनेहरुले मिडियालाई पनि धम्क्याउन छाडेका छैनन्। ‘कान्तिपुर टिभी’ को कान्तिपुर आज कार्यक्रमका संवाददाताहरुलाई त हातै छाडेका थिए त्यहाँका कर्मचारीहरुले धम्की दिँदै केही समयअगाडि।
 

घटनाको पृष्ठभूमिः वन मन्त्रालयमा यही विषयमा सोधपूछ गर्न मन्त्री यादवले स्थानीय विकास अधिकारी लगायतका सरोकारवालाहरुलाई बोलाएका रहेछन्। वातावरणमा असर परिरहेकोले कानुन अनुसार ढुंगाखानी बन्द गर्नलाई मन्त्री यादवले भन्दा उनले मानेनछन्। अनि मन्त्रीलाई नै अप्ठ्यारो हुने गरी भनाभन गरेछन्। त्यसै त उट्पट्याङ्गे काम गर्नका लागि माहिर (अंगरक्षक सेनालाई थुन्ने, शपथ ग्रहण नगर्ने आदिआदि) यादवलाई अनि त के चाहियो र, पारो चढिहाल्यो। “ए, ल हेर वातावरण बिग्र्यो भने कस्तो हुँदो रहेछ महसूस गर” भन्दै एलडीअ‍ोलाई ट्वाइलेटमा थुनिदिएछन्।

एलडीअ‍ोले आफ्नो सम्पर्कमार्फत् यो कुरालाई पत्रिकामा प्रचारमा ल्याइदिएछन्। र पो त यो नौटंकीका बारेमा हामी सबलाई थाहा हुन पुग्यो।

मन्त्री यादव आफै यो कुरालाई स्वीकार्छन्, थुनेकै हो भन्छन्। तर एलडीअ‍ोको कुरा भने त्यसरी प्रष्ट आएको छैन।

पदीय मर्यादा भुल्ने मन्त्री अनि गैर कानुनी कामलाई बढावा दिने एलडीअ‍ो दुवैको कामले वास्तवमा कानुनी शासन बहाल होस् भन्ने चाहना भएका हामी नेपालीलाई पो लज्जित बनायो त।


Read Full Discussion Thread for this article