Posted by: bisal123 June 19, 2008
I think Matrika Yadav did right thing, what do you think?
Login in to Rate this Post:     0       ?        

Hi guys, When I read this story, I thougt this is too much, Matrika Yadav should get punished for his action. But after I read his statement today in a Newspaper, I realize that may be he did the right thing, corruptions is spreading like cancer, we would be leaving Bangladesh behind soon.

I know and I support that nobody should take law in their hand excpet the authorized personnel, but some time you have to close your eyes for sake of society and country.

 

 भ्रष्टलाई थुनेकै हो, अरूलाई पनि थुन्छु’

काठमाडौं, (नेस) वन तथा भू-संरक्षणमन्त्री मातृका यादवले स्थानीय विकास अधिकारीलाई आफूले ट्वाइलेटमा थुनेको स्वीकार्दै त्यस्ता भ्रष्टलाई थुन्नु नै पर्ने बताउनुभएको छ।

व्यवस्थापिका-संसद्को हैसियतमा बुधबार बसेको संविधानसभा बैठकमा सभासद्हरूले उठाएको जिज्ञासाको जबाफ दिँदै मन्त्री यादवले भन्नुभयो- भ्रष्टाचारीलाई थुन्नैपर्छ र म वन मन्त्रालयमा छउन्जेल कुनै पनि हालतमा भ्रष्टाचार हुन दिन्न।’

र्ँकर्मचारी थुनेको विषयमा छानबिन हुन्छ भने होस्। त्यसमा मेरो पनि सहयोग रहन्छ’ -मन्त्री यादवले अन्य भ्रष्ट कर्मचारीलाई पनि थुन्ने काम हुने चेतावनीसमेत दिनुभयो।

भ्रष्ट, फटाहा कर्मचारी होस् वा अरू कोही त्यस्ता कसैलाई पनि आफूले बाँकी नराख्ने बताउँदै मन्त्री यादवले भन्नुभयो- दुगन्धित व्यक्तिलाई दुगन्धमै राख्नुपर्छ भनेर ट्वाइलेटमा थुनेको हो।’गल्ती गर्नेलाई कारबाही गर्दा मैले कारबाही भोग्नुपर्छ भने म तयार छु। तर म जहाँ रहे पनि भ्रष्टलाई छोड्दिनँ’ -मन्त्री यादवले भन्नुभयो।

प्रहरीलाई जिम्मा लगायो भने प्रहरीसमेत मिलेर भ्रष्टलाई एस्कर्टिङ’ गर्छ र सफाइ दिन्छ। त्यसैले आफैले कारबाही गर्नुपरेको हो’ -उहाँको थप भनाइ थियो।

Read Full Discussion Thread for this article