Posted by: bikash kc June 19, 2008
Tabloid says...the possibility of Madhav Nepal as the president gets strong...
Login in to Rate this Post:     0       ?        
कृषि समस्या, क्रान्तिकारी भूमिसुधार र कृषि क्रान्तिको दिशा -माधवकुमार नेपाल
५-असार-२०६५,बिहिवार
 
 

हाम्रो मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको हुनाले यस मुलुकमा सामन्तवादका विरुद्ध क्रान्ति पूरा गर्नु नै अहिलेको क्रान्तिको प्रमुख कार्यभार रहेको छ। यस्तो मुलुकमा गरिने क्रान्ति कृषि क्रान्ति नै हुन्छ। कृषि क्रान्ति सम्पन्न गरेर नै हामी जनवादी क्रान्ति पूरा गर्न सक्छौँ। यस्तो क्रान्ति सामन्तवाद र साम्राज्यवादका विरुद्धमा लक्षित हुन्छ। हाम्रो क्रान्तिको शत्रु भनेका सामन्तवर्ग, दलाल नोकरशाही पुँजीपतिवर्ग, साम्राज्यवाद र प्रभुत्ववाद हुन्। देशी र विदेशी यी दुई शत्रुमध्ये अहिले बाहिरी शत्रुहरूले प्रत्यक्ष आक्रमण नगरिरहेको अवस्थामा देशभित्रका शत्रुहरूसँगको अन्तरविरोध नै प्रधान रहेको छ। अर्थात् अहिले घरेलु अन्तरविरोध नै प्रधान रहेको छभने बाहिरी अन्तरविरोध यसको मातहत रहेको छ। अहिले पनि साम्राज्यवादी शक्तिहरूले घरेलु प्रतिक्रियावादी शक्तिहरूलाई पर्दापछाडि रहेर सहयोग र समर्थन गरिरहेका छन्। तिनीहरू कतिपय अवस्थामा प्रकट रूपले लागेका हुन्छन्। जुनबेला बाहिरी शत्रुहरूले प्रत्यक्ष रूपमा आक्रमण गर्दछन्, त्यतिखेर बाहिरी अन्तरविरोध प्रधान हुन्छ। होइन भने देशभित्रको शत्रुसँगको अन्तरविरोध प्रधान हुन्छ। यो नेपाली समाज वा कुनै पनि देशको अन्तरविरोधलाई केलाएर हेर्नुपर्ने पक्ष हो। नेपालजस्तो अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थामा रहेको देशका लागि जनवादी क्रान्ति पूरा गर्नु क्रान्तिकारीहरूका लागि प्रमुख कार्यभार हो। अहिले हामीले समाजवादी क्रान्ति गरिरहेका छैनौँ। पुँजीवादी समाजमा समाजवादी क्रान्ति हुन्छ। तर, अर्धसामन्ती समाजमा जनवादी क्रान्ति प्रमुख कार्यभारका रूपमा रहिरहेको हुन्छ। नेपाल किसानहरूको बाहुल्य भएको मुलुक हुनाले र जनसङ्ख्याको ठूलो हिस्सा कृषिमा आश्रित रहेको र गाउँमा नै बस्ने हुनाले किसानहरूको जीवनस्तरमा सुधार नभएसम्म र उनीहरूलाई सामन्ती शोषणबाट मुक्त नगरेसम्म नेपाली जनता मुक्त भएको ठानिँदैन। हामीले जनतालाई मुक्त गर्नुको अर्थ किसानहरूलाई मुक्त गर्नु हो। किसानहरूलाई केबाट मुक्त गर्ने भन्दा शोषण, उत्पीडन र भेदभावबाट मुक्त गर्नु हो। अर्थात् किसानहरू सामन्ती थिचोमिचोमा परेका छन्, सामन्तीहरूको रजाइको शिकार भएका छन्, शोषक, सामन्त र जाली–फटाहाहरूको उत्पीडनमा परेका छन्। त्यसो हुनाले किसानहरूको क्षमता र प्रतिभा उजागर हुनसकेको छैन। किसानहरूले जुन ढङ्गले प्रगति गर्न सक्नुपर्थ्यो, कृषि क्षेत्रमा जुन ढङ्गले उन्नति–प्रगति हुनुपर्दथ्यो, त्यो हुनसकेको छैन। हाम्रो देशको समस्या भनेको पुरानो सामन्ती उत्पादन सम्बन्ध कायम रहनु हो। अहिले किसानहरू अगाडि बढ्नुपर्ने युगको आह्वान हो। तर, किसानहरू अगाडि बढ्नबाट रोक्नका लागि उनीहरूलाई जुन साङ्लोले बाँधिएको छ, त्यो सामन्ती साङ्लो अझै चुँडिएको छैन। गाउँ–गाउँ र झुप्रा–झुप्राहरूलाई अझै पनि सामन्ती संस्कार र परम्पराले जकडेको छ। खासगरी समाजको विश्लेषण गर्दा नेपालको राजनीति, अर्थतन्त्र, सामाजिक स्थिति आदि सबै पक्षको जरोमा जानुपर्दछ। जबसम्म आर्थिक आधार पुरानो रहन्छ, त्यसमा उभिएको राजनीति र अन्य सामाजिक पक्षहरू पनि पुरानै ढङ्गले नै विकास भएका हुन्छन्। नयाँ आर्थिक आधारमा नयाँ राजनीति र नयाँ सामाजिक–सांस्कृतिक पक्षहरू विकास भएका हुन्छन्। हाम्रो आर्थिक आधार अझ पनि सामन्तवादको जगमा उभिएको छ। हुन त साम्राज्यवादको सहयोगले पुँजीवाद आउन खोजेको छ। तर, त्यो अझै पनि सामन्ती बन्धनबाट मुक्त हुनसकेको छैन। सामन्तवादसँगको सङ्घर्ष नै अहिले पनि नेपाली समाजको प्रमुख सङ्घर्ष रहेको छ। यस अर्थमा जनसङ्ख्याको ठूलो हिस्सा किसान हुनु, भू–भागको ठूलो हिस्सा ग्रामीण क्षेत्र हुनु, मुलुकमा अर्धसामन्ती उत्पादन सम्बन्ध कायम हुनु, सामन्तहरूको विभिन्न प्रकारको बर्चस्व रहनु आदि विशेषता अहिले पनि विद्यमान छन्। मुलुकमा औद्योगिक विकासको प्रारम्भिक अवस्था छ। हुन त १९३६ देखि नेपालमा आधुनिक कलकारखानाको विकास प्रारम्भ भएको पाइन्छ। तर, यति हुँदाहुँदै पनि नेपालमा आधुनिक उत्पादन प्रणाली र आधुनिक कलकारखानाको पनि योगदान समग्र अर्थतन्त्रमा रहेको छ। राष्ट्रिय अर्थतन्त्रमा ४२ प्रतिशत जति योगदान रहेको कृषि क्षेत्र र त्यसमा संलग्न किसानहरूको समस्या प्रमुख रूपमा रहेको छ।
हामीले देख्यौँ– ००७ सालको क्रान्तिमा पनि जबसम्म क्रान्तिकारी आन्दोलन सहरिया बुद्धिजीवीबीचमा मात्र सीमित रह्यो, तबसम्म राणाशाहीको सत्तालाई आधारभूत रूपमा धक्का पुर्या्उन सकेन। जब मुक्ति सेना वा क्रान्तिमा किसानहरूको सहभागिता बढ्दै गयो, क्रान्तिकारी योद्धाहरू जन्मिँदै गए, त्यसपछि राणाशासनको जग हल्लियो। जब आन्दोलन गाउँ–गाउँमा फैलिन थाल्यो, त्यहाँ हतियार बोकेका मुक्तिसेना उठ्न थाले, त्यसपछि राणाशाही कमजोर र धराशयी हुने स्थितिमा पुग्यो। त्यसैगरी बिर्ता उन्मूलनको प्रक्रिया अघि बढाउन थालियो। त्यसपछि किसानहरू सामन्तका विरुद्धमा बढ्न थाले। किसानहरूले ००९, ०११, ०१२ र ०१४ सालमा विशाल आन्दोलन गरे। कतिपय ठाउँमा तमसुक च्यात्ने, भकारी फोर्ने र जग्गा खोस्ने आन्दोलन सुरु हुन थाल्यो, इज्जत तथा प्रतिष्ठा प्राप्तिको आन्दोलन सुरु भयो। 'रे' होइन, 'जी कहो' आन्दोलन सुरु भयो। यी सबै आन्दोलनमा हजारौँहजार किसानहरू सहभागी भए। अझ बारा–रौतहट त मुक्तक्षेत्र नै घोषणा भयो। यस्तो ढङ्गले किसान आन्दोलन उभारको क्रमबाट अगाडि बढ्यो। यसले प्रजातान्त्रिक आन्दोलनलाई टेवा पुर्या्यो। प्रजातान्त्रिक आन्दोलन शक्तिशाली भएर अगाडि बढ्न थाल्यो। त्यसबेला यहाँका प्रतिक्रियावादी शक्तिहरू आत्तिए र कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध नै लगाउन पुगे। तर, कम्युनिस्ट पार्टी प्रतिबन्धित भए पनि किसान पार्टीका रूपमा यो पार्टी किसानहरूका बीचमा कार्यरत रह्यो। किसान पार्टीका रूपमा नै पार्टीलाई जोगाउन सकिन्छ भन्ने तत्कालीन पार्टी नेतृत्वको धारणा रह्यो।
नेपालको परिप्रेक्ष्यमा किसानहरूको महत्त्व कति रहेको छ भन्ने कुरा त कम्युनिस्ट पार्टी प्रतिबन्धित रहँदा किसान पार्टीका रूपमा कम्युनिस्ट पार्टी विकास भएको कुराले पुष्टि हुन्छ। कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यहरू किसान सङ्घका अध्यक्ष र महासचिव बने। यसरी किसान सङ्घले राष्ट्रिय राजनीति र नेपालको सामाजिक आन्दोलनमा महत्त्वपूर्ण स्थान प्राप्त गर्योर। त्यो त्यतिबेलाको अवस्था हो, जतिबेला भर्खर–भर्खर नेपाल राणाशाहीबाट मुक्त भएको थियो। नेपालको आन्दोलनलाई अगाडि बढाउन किसानको सहभागिता अनिवार्य रहन्छ। किसानहरूको सहभागिताबिना मजदुरहरूको मात्र सहभागितामा वा पेटी बुर्जुवाको सहभागितामा आन्दोलन सशक्त हुन सक्दो रहेनछ भन्ने कुरा प्रष्ट भएको छ। पञ्चायती शासन व्यवस्था लादिएपछि त्यसपछिको निर्णायक लडाइँ ०४६ सालमा भएको थियो। यो लडाइँमा पनि जब ग्रामीण क्षेत्रमा आन्दोलन प्रवेश गर्यो्, जब पाटनका किसानहरू जाग्न थाले, जदुकुहाका किसानहरू जाग्न थाले, भक्तपुर, कीर्तिपुर, काभे्र र चितवनका ग्रामीण इलाकामा आन्दोलन पुग्न थाल्यो, तब विद्रोहको राँको दन्किन थाल्यो। त्यसपछि पाटनका किसानहरूले पाटन मुक्त गरे, कीर्तिपुरमा किसानहरूले कीर्तिपुर मुक्त गर्न थाले। पञ्चायती शासकहरू थर्कमान भए र पञ्चायती व्यवस्था हटाउन र बहुदलीय व्यवस्था घोषणा गर्न बाध्य भए। अर्थात् किसानहरूको राष्ट्रिय राजनीति र प्रत्येक आन्दोलनमा अहम् भूमिका रहेको छ। त्यसैले किसानहरूलाई जागृत, सङ्गठित र आन्दोलित नगरेसम्म नेपालको राजनीति अगाडि बढाउन सकिँदैन भन्ने कुरा प्रष्ट भएको छ। चाहे पुरानो समाजलाई ध्वंस गर्ने सवालमा होस् वा नयाँ समाजको निर्माणमा होस्, नेपाली समाजलाई अग्रगतिको दिशातर्फ लान किसानहरूको सहभागिताबिना सम्भव हुँदैन भन्ने कुरा प्रष्ट भएको छ। समाजलाई विकास गर्न र प्रगतिको दिशातिर लैजान किसानहरूको मुक्ति अनिवार्य र अपरिहार्य रहेको छ। यही कुरालाई महसुस गरेर २००६ सालमा गठन गरिएको नेपाल कम्युनिस्ट पार्टीले लगत्तै ००८ सालमा अखिल नेपाल किसान सङ्घको स्थापना गर्योा। पछिल्लो कालमा हाम्रो पार्टी भूमिगत अवस्थामा रहँदा ०३५ सालमा नेकपा (माले) को गठन हुँदा पनि र अझ त्यसभन्दा अगाडि पुष्पलाल समुहको गठन भएपछि किसानहरूको कार्यक्रम र क्रान्तिकारी किसान सङ्घ निर्माणमा जोड दिएको पाइन्छ। त्यसैगरी ०३५ सालमा पार्टीलाई अगाडि बढाउने क्रममा नेकपा (माले) को गठन भयो। त्यसपछि ०३७ सालमा पहिले गठन गरेका जनसङ्गठनमध्ये किसान सङ्घ एउटा हो। तराईको ग्रामीण इलाकामा किसान सङ्घलाई पुनःगठन गरिएको थियो। तत्कालीन नेकपा (माले) ले पनि किसान क्षेत्रको कामलाई अगाडि बढाउन सुरुमै योजना बनाएर लागेको थियो।  क्रमशः
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=11543
Read Full Discussion Thread for this article