Posted by: gemmi_auj June 16, 2008
Prachanda to be conferred Peace Awards
Login in to Rate this Post:     0       ?        

अहिंसाको पुरस्कार

डिल्लीरमण रेग्मी प्रतिष्ठानले यस वर्षो अन्तर्रर्ााट्रय शान्ति पुरस्कार नेकपा -माओवादी) अध्यक्ष पुष्पकमल दाहाल र पर्ूव अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई दिने निर्ण्र्ाागरेको छ । आजीवन गान्धी मार्गका यात्री रहेका रेग्मी प्रजातन्त्रनिम्ति अहिंसात्मक आन्दोलनका अगुवा मानिन्छन् । भारतमै पनि अंग्रेजविरुद्ध लडेर जेल परेका उनी त्यसै मुलुकमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकसमेत हुन् ।

रेग्मी मार्ग विपरीत दाहाल मुलुकमा १२ वर्षम्म सशस्त्र संर्घष्ाका मुख्य नेता हुन् । अन्य दलहरूस“ग १२ बु“दे सम्झौतामार्फ तत्कालीन राजाका अनुचित महत्त्वाकांक्षा चिर्दै मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशा प्रदान गर्न उनले महत्त्वपर्ूण्ा योगदान गरेका हुन् । त्यसै भएर पनि ँजनयुद्ध’ कै क्रममा प्रजातन्त्रप्रति समर्पित थुप्रै नेपालीको हत्या उनको समूहबाट किन भयो भन्ने प्रश्न था“ती राखेरै सहकार्य अघि बढिरहेकै छ । उनको पछिल्लो उदार कदमले लोकतन्त्रवादीका रूपमा पहिचान कायम गरेकै परिणाम हो, संविधानसभा निर्वाचनमा उनको समूह मुलुककै ठूलो दलका रूपमा देखापर्नु । तर, के उनी शान्तिका निम्ति कुनै पुरस्कारका हकदार हुन् - त्यसभन्दा बढी आजीवन गान्धीवादलाई आफ्नो मार्ग बनाएका रेग्मीजस्ता नेताको नाममा राखिएको शान्ति पुरस्कार उनलाई प्रदान गर्दा केही  प्रश्न उठ्नु स्वाभाविक छ ।

माओवादीले बृहद् शान्ति सम्झौतामार्फ सशस्त्र लडाकुलाई शिविरमा राख्ने र हतियार बुझाउने निर्ण्र्ाागरे पनि हतियार र हिंसालाई पर्ूण्ातः अस्वीकार गरेका छैनन् । दर्ुइ  वर्षेखि जारी  शान्ति प्रक्रिया पर्ूण्ा सफल पार्न उनीहरूले अवरोध पूरै हटाएका छैनन् । हिंसालाई पर्ूण्ातः त्याज्य बनाउने, आफूले गरेका हिंसाप्रति क्षमायाचना गर्ने र समाजमा पुनः मेलमिलाप कायम गर्न क्षमाशीलता हासिल गरिसकेका छैनन् । राजनीतिक रूपमा सबभन्दा ठूलो दलका नाताले उनीहरू सरकारको नेतृत्व गर्न जा“दैछन् तर हतियारउन्मादले भरिएका अभिव्यक्तिबाट आफूलाई अलग राख्न सकिरहेका छैनन् ।

राणा शासनको अन्त्यनिम्ति उनकै साथीहरूले हतियार उठाएको बेलासमेत रेग्मीले आफूलाई त्यस कदमको विपक्षमा राखेका थिए । अर्कातर्फ राष्ट्रसंघले अनुगमन गरिरहेको माओवादी सेनाको क्यान्टोनमेन्टभित्रै समेत लगेर व्यवसायी मार्ने र त्यसका मतियारहरूलाई प्रहरीमा बुझाउन पनि उनको दल तयार भएको छैन । रेग्मी प्रतिष्ठानले दिगो शान्ति स्थापनामा महत्त्वपर्ूण्ा योगदान पुर्‍याएबापत दाहाललाई स्वर्ण्ााक्षर अंकित कलात्मक प्रशस्तिपत्र र एक लाख रुपैया“सहित सम्मानित गर्ने उल्लेख गरेको छ । ँजनयुद्ध’ क्रममा मारिएका प्रत्येकको कसुर के थियो भन्ने छानबिन र्सवमान्य सत्यनिरुपण आयोग अझै  गठन भएको छैन ।

कुनै पनि दल निर्वाचनमा सफल वा असफल हुनु लोकतन्त्रमा सामान्य प्रक्रिया हो । तर सम्भावित सत्ताकै नजिक हुने लिप्सामा शान्ति पुरस्कार प्रदान भएको देखिन पुगे त्यसले स्वर्गीय रेग्मीप्रति समर्पित संस्थाको अवमूल्यन गर्नेछ । पुरस्कार दिने संस्था र त्यसको निर्ण्ाायक समितिको नेतृत्व गर्ने  व्यक्ति हालै -संविधानसभा निर्वाचनअघि) माओवादीमा प्रवेश गरेको बुझ्नेहरूले पुरस्कारको रहस्य सहजै अनुमान गर्न सक्छन् । अहिंसावादी राजनीतिज्ञको नाममा स्थापित पुरस्कार माओवादी प्रमुखले पाउन नहुने भन्ने होइन । माओवादीलाई  उदार लोकतान्त्रिक बहुलवादी समाजको एक प्रतिस्पर्धी  दलका रूपमा रूपान्तर गर्ने  र राजनीतिमा हिंसालाई पर्ूण्ातः त्याज्य तुलाउन सकेको दिन दाहाल निश्चयै कुनै पनि शान्ति पुरस्कारका स्वाभाविक हकदार हुन सक्नेछन् ।

(Kantipur editorial)

Read Full Discussion Thread for this article