Posted by: gahugoro June 15, 2008
Nepal's future is doomed; full credits to maoists
Login in to Rate this Post:     0       ?        
रिपोर्ट माओवादी पाठशाला
यी कहाँ जान्छन्
'जनयुद्ध'का बेला स्थापित 'जनवादी स्कूल'लाई अब के गर्ने भन्ने सम्बन्धमा माओवादी नै अन्योलमा छ।
प्रकाश महतारा, रुकुम

 

 कियोको ओगुरा

नयाँ सरकारको नेतृत्व गर्न तम्सिएको नेकपा  (माढवादी)ले ' समानान्तर सत्ता ' चलाएको बेला खोलेको ८० भन्दा बढी ' नमुना जनवादी स्कूल ' को हैसियत अब के हुन्छ भन्ने स्पष्ट नभएकाले तिनमा पढ्ने झ्ण्डै ५,५०० बालबालिकाको भविष्यमा प्रश्न उठेको छ। विद्रोहताका रोल्पा, रुकुममा ' घुम्ती स्कूल ' को नामले परिचित जनवादी स्कूलहरू अहिले अछामदेखि भोजपुरसम्म फैलिएका छन्। कर्णालीको हुम्लामा दुई र अरू पाँचै जिल्लामा एक•एक वटा जनवादी स्कूल छन्।

कसरी खुले जनवादी स्कूल
१० फागुन २०५६ मा रुकुम, खाराका १५० घरमा आगो लगाएर प्रहरीले १५ जनाको हत्या गरेपछि अभिभावक गुमाएका बालबालिकालाई माढवादीले पुर्तिमकाँडा गाविसको खागलमा राख्यो। त्यसको केही समयपछि प्रहरीले माढवादी नेता हेमन्तप्रकाश वलीको गाउँ मुरुमा उनका दुई छोरीलाई मारेपछि अरू दुई छोरी र एक छोरालाई पनि खागल पुर्‍याइयो। यसरी आफ्ना पूर्णकालीन नेता•कार्यकर्ता, शहीद परिवार, अपाङ्ग र जनसेनाका छोराछोरीलाई राख्ने ' बालसंरक्षण केन्द्र ' को रुपमा स्थापित त्यही संस्थालाई पछि माढवादीले ' जनवादी स्कूल ' मा रूपान्तरण गरेको हो। हाल रुकुमकै क्याङ्सीमा रहेको स्कूलमा पाँच कक्षासम्मको ' पढाइ ' भइरहेको छ।

माढवादी स्कूलहरूमा नेता•कार्यकर्ता, जनसेना, शहीद, अपाङ्ग र अति विपन्न सर्वसाधारणका छोराछोरीलाई मात्रै भर्ना लिने गरिएको रोल्पा, थवाङको जनवादी स्कूलका प्रधानाध्यापक कर्णबहादुर घर्ती बताउँछन्। स्कूलका लागि पढ्नेदेखि खाने र बस्ने सम्पूर्ण खर्च पार्टीको शिक्षा विभागले गर्दै आएकाले बालबालिकाले शुल्क तिर्नुपर्दैन। कार्यकर्ता नै शिक्षक•कर्मचारी भएकाले कसैले तलब पनि लिँदैनन्। मढवादीले यसरी चलाएका जनवादी स्कूलमध्ये १८ वटा पूर्ण आवासीय र ६५ वटा ' डे बोर्डस् ' छन्।

साङ्केतिक भाषा र सुरक्षा
जनयुद्धकालमा स्कूल नजिक सेना, प्रहरी वा कोही अपरिचित व्यक्ति देखापर्‍यो भने बालबालिकालाई लुकाइन्थ्यो। २०५९ असोजमा हिमाल का तत्कालीन सम्वाददाता श्रीभक्त खनाल जनवादी स्कूल हेर्न रुकुम, पुर्तिमकाँडाको एउटा स्कूल पुग्दा पत्रकारको भेषमा सेना आएको ठानेर सशङ्कित स्कूल सञ्चालक बिहानी पुन र कार्यकर्ताहरूले बालबालिकालाई गाउँका घरमा लुकाएर उनलाई त्यहाँ स्कूल चलेको आभास हुनै दिएनन्। उनीहरू त्यसबेला पत्रपत्रिकामा स्कूलसम्बन्धी समाचार आयो भने सेना•प्रहरीले दुःख दिन्छन् भनेर डराएका थिए। खागलको बालसंरक्षण केन्द्रका संस्थापक अध्यक्ष रहिसकेकी बिहानी पुन हाल क्याङ्सीको जनवादी स्कूल व्यवस्थापक छिन्। उनी भन्छिन्, “सेना आउँदा बालबालिकालाई हामी गाउँवासीका घरमा लुकाउँथ्यौँ, उनीहरूले आफ्नै छोराछोरी भनेर बचाउँथे।”

युद्धकालमा स्कूल र विद्यार्थीहरूलाई सेना, प्रहरीबाट बचाउन निकै कष्ट परेको संस्थापकहरू बताउँछन्। त्यसनिम्ति बालबालिकालाई साङ्केतिक भाषाको प्रयोग गर्न सिकाइएको थियो। ' स्याल आयो, स्याल आयो, कुखुरा खाला ' भनेपछि उनीहरू घर घरमा गएर लुक्थे। “सेना गाउँमा रहुन्जेल नजिकैको जङ्गलमा गएर बस्थ्यौँ”, जाजरकोट, सिर्केको जनवादी स्कूल व्यवस्थापक भावना खड्का भन्छिन्, “बालबालिकासँग जङ्गलमा तरुल, भ्याकुर खाएर एक हप्तासम्म पनि बसिएको छ।”

मार्क्सवादी पाठ्यक्रम

 

माढवादी पार्टीको जनशिक्षा विभागले जनवादी स्कूलका लागि केन्द्रीय आधार इलाका र भेरी•कर्णाली क्षेत्रसँग समन्वय गरेर छुट्टै पाठ्यक्रम तयार पारेको छ। मार्क्सवादमा आधारित सो पाठ्यक्रमले दिने नमुना शिक्षाको उद्देश्य सर्वहारावादी चरित्र भएको, श्रमप्रति आस्थावान्, देशभक्त, लाल र दक्ष बौद्धिक•सामाजिक शक्ति उत्पादन गर्ने रहेको अखिल नेपाल शिक्षक सङ्गठनको जनशिक्षा विभाग प्रमुख लालबहादुर जिसीको दाबी छ। हिन्दू वर्णाश्रमको आधारमा तयार गरिएको देवकुल, गुरुकुल, ऋषिकुल र राजकुल शैक्षिक पद्धति व्यावहारिक नभएकाले ' वैज्ञानिक तथा व्यावहारिक शिक्षा ' का लागि नमुना शिक्षा लागू गरिएको उनी बताउँछन्।

प्राथमिक तहको पाठ्यक्रममा भाषाविज्ञान, समाजशास्त्र, सैन्यविज्ञान, गणित, राजनीति, अर्थशास्त्र, इतिहास, संस्कृति, ललितकला, अङ्ग्रेजी, नेपाली र स्थानीय मातृभाषा समावेश गरिएको छ। सांस्कृतिक विषयमा शहीद सप्ताह, जनयुद्ध दिवस आदिबारे पढाइन्छ। सैन्य विज्ञानमा सेन्ट्री बस्दा ध्यान दिनुपर्ने कुरा, रोलकल र युद्धको समयमा सुरक्षित हुने कला तथा बन्दुक, ग्रिनेट लगायतका हतियार र युद्धसामग्रीबारे सिकाइन्छ। राजनीतिशास्त्रमा मार्क्स, लेनिन, माढ, प्रचण्डलगायतका कम्युनिष्ट नेताहरूको जीवनी पढाइन्छ भने इतिहासमा बेनी, दाङ, अछामलगायतका क्षेत्रमा माढवादीले गरेका सैन्य कारबाहीहरूको जानकारी दिइन्छ। रुकुम, रोल्पाका केही नमुना स्कूलमा कम्प्युटरसम्बन्धी शिक्षा समेत दिने व्यवस्था गरिएको छ।

रुकुम, रोल्पाका स्कूलमा बालबालिकालाई बिहान पाँच बजे सैन्य व्यायाम गराइन्छ र नौ बजेसम्ममा सैन्य नियमअनुसार लाम लगाएर खाना खुवाइन्छ। साढे नौ बजे स्कूल लागेपछि विद्यार्थीहरू विश्वभरका कम्युनिष्टहरूले गाउने युजे पोत्तरको ' उठ, जाग भोका नाङ्गा... ' भन्ने अन्तर्राष्ट्रिय गीतको भाकासँगै परेड खेलेर कक्षाकोठमा छिर्छन्। त्यसपछि उनीहरू पढ्न थाल्छन्― ' छ ' छापामार, ' ख ' खुकुरी, ' ब ' बन्दुक, ' ल ' लालसेना आदि। माढवादीले कक्षा•१ का लागि प्रकाशित गरेको ' हाम्रो किताब ' को परीक्षण प्रतिको शुरुमै प्रचण्डको मन्तव्य र भित्री पानाहरूमा कम्युनिष्ट झ्ण्डा, जनयुद्धका शहीद र जनसेनाका तस्बिरहरू राखिएका छन्।

समायोजनमा जटिलता

तत्कालीन ' जनसरकार ' र ' स्वायत्त प्रदेश जनशिक्षा विभाग ' मा दर्ता गरिएका जनवादी स्कूलहरू माढवादी सरकारमा पुगिसक्दा पनि जिल्ला शिक्षा कार्यालयमा दर्ता भएका छैनन्। यी विद्यालयबारे जिल्ला शिक्षा कार्यालयदेखि मन्त्रालयसम्मका सरकारी निकायले पनि कुनै तथ्याङ्क राखेका छैनन्। शिक्षा मन्त्रालयका उपसचिव हरि श्रेष्ठ थप्छन्, “यसबारे हामीलाई कुनै जानकारी छैन।”

रुकुमका जिल्ला शिक्षा अधिकारी बद्रीकुमार बस्नेतका अनुसार माढवादी शैक्षिक पाठ्यक्रमलाई सरकारी शिक्षा प्रणालीसँग समायोजन गरेर लैजान छलफल भइरहेको र उनीहरूको स्कूलको स्वीकृतिका लागि सम्बन्धित गाविसको सिफारिससहित प्रक्रियागत फारम भर्न भनिएको छ। उनको भनाइ छ, “यसलाई राष्ट्रिय शिक्षामा समायोजन गर्न शिक्षा मन्त्रालय र माढवादीले नै विशेष निर्णय गर्नुपर्छ।” सरकारले मान्यता दिई नसकेको अवस्थामा पनि यी स्कूलमा पढाइ सकेर सरकारी स्कूलमा आउने विद्यार्थीलाई क्षमता हेरेर भर्ना लिने गरिएको बस्नेत बताउँछन्। तर माढवादी स्कूलको प्रमाणपत्रले भोलि मान्यता नपाउन सक्ने चिन्ता अभिभावकहरूलाई छ। त्यसैले यी स्कूलहरूलाई तत्कालै नेपाल सरकारको मातहतमा राखेर व्यवस्थित गरिनुपर्ने उनीहरूको भनाइ छ।

राज्यका सबै क्षेत्रलाई आफ्नो ढङ्गले पुनर्संरचना गर्न खोजिरहेको माढवादीलाई शिक्षा प्रणालीमा पनि आफ्नै किसिमले पुनर्संरचना गर्न मन लागेको होला। तर हिजो ' बुर्जुवा शिक्षा ' बहिष्कारको नारा दिएको  माढवादी नेतृत्वले वर्तमान शिक्षा प्रणालीको विकल्प आफूले अभ्यास गरिरहेको ' जनवादी शिक्षा ' हुनसक्दैन भन्ने पनि बुझ्ेको छ। माढवादी प्रभावित रोल्पा, रुकुमका गाउँहरूमा शान्ति प्रक्रियासँगै बोर्डिङ स्कूलहरू छ्याप्छ्याप्ती खुल्नुले जनताको चाहना के छ भन्ने प्रस्ट हुन्छ। आमाबाबुमा राम्रो अङ्ग्रेजी सिकाइने स्कूलहरूमा आफ्ना छोराछोरी पढाउने चाहना देखिन्छ, कमजोर आर्थिक अवस्थाले गर्दा सबै बालबालिकाले महँगा बोर्डिङ स्कूलहरूमा पढ्न सक्ने अवस्था छैन।

http://www.himalkhabar.com/hkp/news.php?id=1238

Last edited: 15-Jun-08 01:28 PM
Read Full Discussion Thread for this article