Posted by: Birkhe_Maila June 13, 2008
सपना, उकालो र आस्था।
Login in to Rate this Post:     0       ?        

"""जिबन उकालोको प्रतिबिम्ब हो। कहिले कहिँ जति माथि पुगियो त्यति थकाइ लाग्छ। तर माथी पुगेर आफु तलको धरातल हेर्नुको आनन्द नैं अर्कै हुन्छ।""

 

लाख रुपियाँको कुरा!!! 

 

यस्तै भावना खेलिरहेको थियो एकपटक उहिले नै! कहिलेकाहिँ कुनै उचाइमा पुगेपछि, कुनै प्राप्तीमा पुगेपछि, थकाईले यति सम्म गलाउँछ कि,  प्राप्ती र उचाईको कुनै आकर्षण नै रहँदैन, र धरातल देखि उचाईसम्मका बाटाहरु यति घुमाईरा बनिदिन्छन कि चाहेर पनि पहिल्याउन सकिँदैन! एउटा उहिले साझामा टाँसेको थीएँ यहाँ राख्न मन लाग्यो-

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म;
बिचका असंख्य काँडाहरुमा अल्झिँदै,
चिरिँदै र टुक्रिँदै,
रगताम्य शरिर लिएर
थुङ्गा सम्म पुग्दा-
मलाई गुलाब;
खस्रो लाग्छ!
सतहि लाग्छ!
खोक्रो लाग्छ!
व्यर्थ लाग्छ,
र बेकार लाग्छ!!

 

 राम्रो प्रस्तुती, आश्थाको राम्रो परिभाषा! बधाई छ!

Read Full Discussion Thread for this article