Posted by: copycat June 12, 2008
Ramraja Prasad Singh as the president of Federal Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        
हिजो ज्ञानेन्द्र ले शासनसत्ता लिँदा खेरि , देशका केहि जनता थिए जो खुशि भएका थिए । उनलाइ एकचोटि मौका दिऔँ भन्ने भावना थियो । तर अरु पार्टि हरुले उनलाइ सहयोग नगर्दा अहिले मुरै राजसँस्था नै हरायो ।

उत्तिकै मात्रामा नभए पनि ज्ञानेन्द्र ले मागेको ३ वर्ष र अहिले माओवादिले पाएको दुइ बर्षको लागि बहुमत उस्तै उस्तै हुन् - केहि जनविश्वास, धेरै सतर्कता ।  मेरो व्यक्तिगत राजनैतिक  विष्लेषण अनुसार त के लाग्छ भने, माओवादिको खुवि भनेकै अहिले को सरकारलाइ कसरि समायोजन गरेर लैजाने र  नयाँ संबिधान लेख्ने भन्ने मा देखिन्छ । हिजो जँगलमा बसेर बिरोध गर्नु भन्दा आज को कर्तब्यधारणको काम धेरै गुना कठिन छ । ठुलो पार्टि भएको नाताले कुरा मिलाउने, सबैलाइ खुशि बनाएर संबिधान लेख्ने काम माओवादिको काधमा पर्छ । समायोजन कसरि गर्ने हो उनै जानुन ।

नेपेको एक कुरा सँग म पुर्ण असहमत छु, त्यो के भने, यस्तै चाला हो भने अर्को चुनावमा काग्रेस र एमाले पत्तासाफ हुन्छन् भन्ने अविव्यक्ति । याद राखिराख्नुस, ठुलो पार्टि भएको नाताले कुरा मिलाउने जिम्मा माओवादि कै हो, त्यसैले, यस्तै किचलो बढ्दै गयो र देशमा शान्ति भएन भने दोषि हुँदा हुँदै पनि पार्टिहरु चोखा देखिन्छन् । र त्यसैगरि माओवादि अरु कुरामा दोषि नदेखिए पनि कुरा मिलाउन नसकेको भन्ने पक्षमा कमजोर देखिन्छ र अबका दुइ वर्ष को असफलताको उसको असफलता मा गनिन्छ । अनि माओबादि लाइ नै घाटा हुन्छ ।

नेपेको अर्को नमिलेको कुरा के भने, पहिले का सहमति त चुनाव सँग रद्द भए भन्ने । तर दाजु, सम्बिधान मा त अझै मिलेर चलाउने भनेर लेखेको छ रे नि त । त्यो नै सबैभन्दा ठुलो प्रमाण भयो नि त सहमतिको सरकार, मिलिजुलि सरकार बनाउनुपर्ने । होइन र?

 मेरा गोरुका बार्है टक्का । - नेपे ।

Read Full Discussion Thread for this article