Posted by: Birkhe_Maila June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

लोल! सबैलाई फेरि जदौ! यस्ता भाषा बोलिने ठाम नि छन नेपालमा! ठेट भाषाहरु कुनै कुनै बुझ्न गाह्रो परेछ धेरैलाई! सम्धीज्यूले भने जस्तै केहि शब्दका अर्थहरु यस्ता छन्-

ढुङ्गोथिम - ढुङ्गा निर

बलगेर्ति- धेरै

भुरा- माछाका बच्चाहरु वा सानो माछाहरु

पाँसुल्ला- खुट्टा

छित्रि- चोयाको फनेल सेपको हुन्छ, ढुङ्गाले पानी छेक्ने अनि एकठाउँमा छोड्ने, त्यहाँ छित्रिको खुल्ला पट्टिको साइड राख्ने माछा भित्र जान्छ तर फर्केर बाहिर आउन जान्दैन!

पर्दारि- पहरेदारी

अउतार- अनुहार

बित्तातोडले- हातको बित्ता जस्तै पुरा खुट्टाको पनि बित्ता हुन्छ त्यसैले पन्जाले टेक्दै दौडेको भनेको, बित्तामा तोड पारेर दौडनु।

मुइँ- म्वाइँ

लतकले- पिटाइले

यस्तो भाषाको टोन पनि अलि फरक हुन्छ। यो गित जस्तै अलि अलि!

Last edited: 11-Jun-08 03:51 PM
Read Full Discussion Thread for this article