Posted by: waka June 11, 2008
उपहार
Login in to Rate this Post:     0       ?        

 

चेली, उपहारको बारेमा मेरो सल्लाह। गीत राम्रो छ ,निरन्तरता दिनु होल

नसिने चिज भन्दा लजालु मुस्कानको बातै मिठो
मायालुले भर्दिएको मदिरा भए अझ मातै  मिठो

गीतको सगीतमा धेरै रमाएका होलान यहाँ 
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो
 
ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो
 
रनभुल्ल किन पर्नु ,उपहारको  रुप हुन्न त
गुलाफको  के कुरा, श्रदाले चुमी दिए पातै मिठो
भाबमा कल्पी तिर्खाउनु भन्दा जिबनको यात्रामा
मायालु सँग मन साटन पाए आहा! रातै मिठो 


 नेपे गुरु ,
हजुरको आकल्झुकल पढन पाईने गजलहरुले मलाई सधैं बाटो देखाइ दी रहन्छन,
चेलीको गीतमा डुबेर यो गजल टासेको छु ।

Read Full Discussion Thread for this article