Posted by: Chippad June 10, 2008
विद्यालय चर्पी बनेपछि विद्यार्थी चौरमा
Login in to Rate this Post:     0       ?        

Click here view at the original source.

थारू समुदायको विद्यालय भवन सार्वजनिक शौचालय बनेपछि चौरमा पढ्दै छन् विद्यार्थी
विद्यालयको पक्की भवन छ, डेक्सबेन्च छन् । तर, विद्यार्थी रुखमुनि चौरमा बसेर पढ्छन् । किनभने विद्यालयको कक्षाकोठा र डेक्सबेन्चभरि दिसापिसाब भरिएको हुन्छ ।
थारू समुदायका विद्यार्थी मात्र पढ्ने कन्चनपुरस्थित त्रिशूली प्रावि गाउँलेको 'चर्पी' बनेको छ । बेल्डाँडी गाविस-५ चौवन्नीमा रहेको विद्यालयमा दिसा बस्न बजारदेखि मानिस आउँछन् । छात्रछात्रा विद्यालय भवनलाई टुलुटुलु हेर्दै चौरमा बसेर पढ्न बाध्य छन् ।

'स्कुल छुट्टी भयो कि लोटा बोकेर आइहाल्छन्,' प्रधानाध्यापक कर्णबहादुर सावदले गुनासो गरे, 'फोहोर र दुर्गन्धले पढाइमा नै समस्या भएको छ ।'
शिक्षक र विद्यार्थी मिलेर पटकपटक दिसापिसाब सफा गरेको पनि उनले बताए । 'एक दिन सफा गर्‍यो अर्को दिन उस्तै हुन्छ,' सावदको भनाइ छ ।
विद्यालयका कक्षाकोठामा ढोका नभएकाले गाउँलेलाई सजिलो भएको छ । पहाडी समुदायको बाहुल्य रहेको उक्त गाविसमा कसैका घरमा पनि चर्पी छैन । थारू समुदायका विद्यार्थी मात्रै पढ्ने भएकाले पहाडी समुदायका
बासिन्दाले दिसापिसाब गर्ने गरेको प्रधानाध्यापक सावदले आरोप लगाए ।

रुखमुनि बसेर पढिरहेकी कक्षा ४ की सावित्री रानाले प्रतिप्रश्न गरिन्, 'बेन्च-टेबुलमा दिसा छ । दिसामा बस्ने त ?'
जिल्ला शिक्षा कार्यालयले त्रिशूली प्राविका लागि ६ महिनाअगाडि मात्रै दुईकोठे भवन बनाएको हो । ग्रामीण पुनर्निर्माण संस्था नेपाल -आरआरएन) ले ३५ सेट बेन्च र टेबुल दिएको छ । प्लास्टर नगरिएको भवनमा भ\mयाल-ढोका पनि बनाइएका छैनन् । जिशिकाले भने भवन निर्माण भइसकेको विवरण तयार गरेको छ ।
आठ वर्षअघि खुलेको त्रिशूली प्राविमा राना थारू समुदायका विद्यार्थी मात्रै पढ्छन् । गैरथारू समुदायका विद्यार्थी नजिकै रहेको सिंहपाल निम्नमाध्यमिक विद्यालयमा जाने गरेका छन् । जिल्ला वन कार्यालयबाट
स्वीकृति लिएर चौवन्नीको गि्रनबेल्टमा सो विद्यालय खोलिएको थियो ।
सो सरकारी जमिन कब्जा गर्ने मनसायले पहाडी समुदायले विद्यालय स्थापनाको सुरुदेखि नै विरोध गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तौला रानाले बताए । दिसापिसाब गर्ने क्रम भने दुईकोठे पक्की भवन बनेपछि सुरु भएको हो । उनीहरूको विरोध गर्दा आफूले कुटाइसमेत खाएको दाबी गर्दै प्रधानाध्यापक सावदले स्थानीय प्रशासन र राजनीतिक दल सबैलाई थाहा भए पनि कसैले चासो नदेखाएको गुनासो गरे ।

Read Full Discussion Thread for this article