Posted by: Birkhe_Maila June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

फुटेको समाचार

चौसेल्सि परिक्षाका निरिक्षक तथा गार्ड चुटिए!

चौतारी रिठेटार सेन्टरमा चलिरहेको परिक्षामा परिक्षार्थी रिठाराम रायमाझि द्वारा परिक्षा गार्ड राहुलभाइ रायमाझि चुटिएको खबर प्राप्त हुन आएको छ! निज रिठारामले पानी नपरे पनि लामो छाता बोकेर परिक्षा हलमा छिरेका थिए र बन्द छाता भित्र टन्न चिट राखेका थिए! निधारमा स्कार्फ बाँधेका र चारपाटे मुडेको केस लिएर हलमा प्रवेश गरेका रिठारामलाई देख्ने बित्तिकै गार्ड बसेका राहुलभाई रायमाझिलाई रिस उठेको थियो! निज रिठारामले खुसुक्क बन्द छाता भित्र हात हालेर चिट निकाल्न खोज्दा गार्ड राहुलभाई रायमाझिले "यस्ता गुन्डा बस्ने ठाउँमा गार्ड बस्न आइँदैन, छातामा राखेर चिट चोर्न पाइँदैन, तारेमाम्" भन्दै छाता खोलेर सबै चिट हलमै बर्साईदिएपछि क्रुद्ध बनेका रिठारामले " बाहिर त निस्केलास?" भन्दै घुरान दिएर एउटा मात्र प्रश्नको आधि उत्तर दिएर बाहिरिएका थिए! बाहिर गेटमा ढुकेर बसेका रिठाराम एन्ड ग्याङ्गले श्रि राहुलभाई रामाझि बाहिर निस्कना साथ एट्याक हानेका थिए! यसको बिस्तृत विवरण एकैछिन पछि हाम्रा संवाददाता लहरेकान्त लाकौलले दिने छन्!

Read Full Discussion Thread for this article