Posted by: pops June 8, 2008
Obama or McCain
Login in to Rate this Post:     0       ?        

अघि-अघि ओबामा

Barack Obama

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

[यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । अमेरिकी चुनावबारे युनाइटेड वी ब्लग ।]

अमेरिकामा इतिहास बनाउने दौडमा हिलारी क्लिन्टनलाई बराक ओबामाले पछि पार्दै डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारी उम्काउने अन्तिम अवस्थामा पुगेका छन् । अर्को मुख्य पार्टीरिपब्लिकन’बाट जोन मक्केन उम्मेदवार घोषित हुने अवस्थामा छन् ।

मंगलबारको प्राइमरीमा ओरेगन राज्यमा जितेपछि ओबामासँग उम्मेदवारीका लागि आवश्यक २०२६ मध्ये १९५९ प्रतिनिधि संख्या छन् । समाचार संस्था एपीअनुसार क्लिन्टनले १७७८ प्रतिनिधि जितेकी छिन् । तीनवटा राज्य पुर्टो रिको, मोन्टाना र साउथ डेकोटाले दुइ साताभित्र प्रतिनिधि चुनेपछि प्रतिस्पर्धा सकिनेछ । तर उम्मेदवारीको अन्तिम टुङ्गो लगाउन सुपर डेलिगेट्स भनिने पार्टी तर्फाट सिनेट/कंग्रेसमा चुनिएका अधिकारी तथा पार्टीदवालाहरूको भूमिका रहने निश्चित भएको छ । ७९५ सुपर डेलिगेट्समध्ये ३०६ ले ओबामालाई र्समर्थन गर्ने बताएका छन् भने २७९ ले हिलारीलाई । बाँकीले र्समर्थन र्सार्वजनिक गरेका छैनन् ।

पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारीको पहिचान तथा विश्वकै शक्तिशाली मानिने पदमा पुग्न पहिलोपल्ट एउटी महिला र काला अमेरिकीबीच भएको प्रतिस्पर्धाले डेमोक्रेटिक मनोनयन युद्धलाई विश्वभरि गफको विषय बनाइदिएको छ । नेपालीहरू नगफिने कुरै भएन । काठमाडौंमा हुँदा अफिस नजिकैको चियापसलमा ओबामा र अमेरिकी चुनावबारे छलफल गर्ने नेपाल साप्ताहिकका मेरा मित्र दीपक अधिकारी एउटा ६ महिने फेलोसिप अर्न्तर्गत अहिले पेन्सलभेनियाको ‘पिर्टसवर्ग पोस्ट ग्याजेट’मा काम गरिरहेका छन् । अप्रिल तेस्रो साता पेन्सलभेनियामा प्राइमरी हुँदा ग्याजेटले ओबामालाई इन्डोर्स (र्समर्थन) गरेको थियो । धन्यवाद दिन ओबामा ग्याजेट कार्यालय पुगेको मौकामा दीपकले ओबामासँग हात मिलाउँदै ‘म नेपालबाट’ भनेपछि ओबामाले फर्काए- ‘ओ, त्यो सुन्दर देश हो !’

‘ओबामा अति सामान्य, सबैसँग घुलमिल हुने खालको लाग्यो’, मख्ख परेका दीपकले वेबसाइट ब्लग.कम.एनपीमा लेखे- ‘नेपालमा राजनीतिज्ञहरू अर्कै जातका, आफूलाई जनतासँग सम्बन्धित तुल्याउनै सक्दैनन् ।’

अरूले प्रतिक्रिया जनाइहाले । ‘नेपाल बारेको साधारण टिप्पणी ओबामाका लागि भोट हाल्ने कारण बन्न सक्दैन’, एकजनाले लेखे, मानौ नेपालीले अमेरिकी चुनावमा मतहाल्न पाउँछन् । ‘कुनै राजनीतिज्ञले पनि ‘ओ, यो साह्रै खराब देश’ भन्दैन । हिलारीले नेपाललाई माया गर्छिन् र नेपालको भ्रमण गरेकी छिन् । ‘आशा’ र ‘सपना’ सुन्नका लागि राम्रा (नारा) हुन्, तर नोभेम्बरमा ओबामाले ह्वाइट हाउस जितेमा तिनले नेपाललाई खासै मद्दत पुर्याउँदैनन् ।’

वास्तविक नाम उल्लेख नगर्ने ती व्यक्तिबाहेक माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्नो रुचि हिलारीमा रहेको एउटा अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

‘हिलारी र उनकी छोरी (चेल्सी) विदा मनाउन नेपाल गएका हुन्’, स्कटल्यान्डबाट ज्योतिले साइटमा लेखेका छन्- ‘म हिलारीलाई मनपराउँछु, तर बराक ओबामालाई र्समर्थन गर्छु ।’

जापानमा सानो सहर ‘ओबामा’का वासिन्दाले बराकलाई र्समर्थन नगर्ने कुरै भएन । उनीहरूले आफ्नो र्समर्थनसहितका थुप्रै उपहार ओबामालाई पठाइरहेको समाचारहरूमा उल्लेख छ ।

विश्वले जे भने पनि चुनावमा प्रभाव पार्ने अमेरिकी जनताले हो । त्यसैले मंगलबार ओरेगनमा जितेका ओबामाले खुसियाली आयोआ राज्यमा मनाए । प्राइमरी चुनाव सुरु भएको आयोआमा हो, जहाँ ओबामाले नै पहिलो जित पाएका थिए ।
‘अमेरिकी जनताले चुनेका प्रतिनिधिको बहुमतसहित हामी आयोआ फर्केका छौं’, ओबामाले साँझ र्समर्थकहरूलाई भने ।

इतिहास बनाउनेतिर निकै नजिक पुगेका ओबामाले तत्कालै जितको घोषणा गरेनन्, जो हिलारीप्रति असम्मान नदेखाउने उनका र्समर्थकलाई आफूतिर आउन सहज तुल्याउने ध्यानपूर्वक चयन गरिएको नीति भएको न्युयोर्क टाइम्सले लेखेको छ । बरु ओबामाले बितेका १६ महिनादेखिको प्रतिस्पर्धीको खुला प्रशंसा गरे ।

‘सिनेटर क्लिन्टनले परम्परागत सोचहरूलाई ध्वस्त पार्दै र अवरोधहरूलाई तोड्दै अमेरिकालाई बदलिदिनुभएको छ, जहाँ मेरी छोरीहरू र तपाईंकी छोरीहरू रहेछन्’, ओबामाले भने- ‘त्यसका लागि हामी उहाँप्रति आभारी छौं ।’

कुरा ओबामाले छोरीहरूको गरे, तर हिलारीले चुनावी अभियानमा लैंगिक विभेद भएको गुनासो गर्दै महिला भएकैले आफूलाई जित्न नसक्ने उम्मेदवारका रूपमा प्रस्तुत गरिएको निजी वार्ताहरूमा बताइरहेको टाइम्सले लेखेको छ । रंगभेदले ओबामालाई हानि पुर्याएभन्दा लैंगिक भेदले आफूलाई बढी हानि पुर्याएको उनी ठान्छिन् । ओबामाले ओरेगन जित्दा उनले केन्टकीमा ६५ प्रतिशत मत ल्याएर जितिन् र विजयोत्सवमा भनिन्- ‘आधुनिक इतिहासमा यो सबैभन्दा बढी प्रतिस्पर्धा भएको मनोनयन युद्ध भएको छ । हामीले लोकप्रिय मत धेरै पाएका छौं । सबै मत हालिएको र गनिएको हेर्न म पहिलेभन्दा बढी प्रतिबद्ध छु ।’

‘लोकप्रिय मत बढी’ पाएको दाबी गर्दा हिलारीले डेमोक्रेटिक पार्टी चुनावी मान्यता नदिएका दुइ राज्य मिसिगन र फ्लोरिडामा पाएको भोटसमेत गनेकी हुन्छिन् । ती दुइ राज्यले प्राइमरी तालिका अगाडि सारेपछि पार्टीको राष्ट्रिय समितिले उनीहरूलाई कारबाही गरेको थियो । त्यसलाई हिलारी र ओबामा दुवैले मानेका थिए । ओबामाले मिसिगनमा मतपत्रबाट आफ्नो नामसमेत निकाले भने दुवै राज्यमा प्रचारमा गएनन् । अहिले हिलारी भन्छिन्- ‘ती दुइ राज्यको मत गनिनुपर्छ ।’ मे ३१ मा पार्टी ती राज्यको भोट गन्ने या नगन्ने वा कसरी गन्ने निर्णय गर्नेछ ।

a nepali shaking hands with barack obama

हेल्लो ओबामा ! अमेरिकी ओयोमिङ राज्यको युनिभर्सिटी अफ ओयोमिङमा मार्च ८ मा बराक ओबामाको भाषण सुनेपछि एकजना नेपाली अध्येयता नवराज प्रधानसहितका र्समर्थकहरू ओबामासँग हात मिलाउँदै । इलामको भानुपथका प्रधान उक्त विश्वविद्यालयमा पोस्ट डक्टरल अनुसन्धान गरिरहेका छन् । तस्वीर - एपीमार्फत युएसए टुडे

मनोनयन जितेपछि ओबामाका चुनौती कम छैनन् । लामो प्रतिस्पर्धाबाट विभाजित बनेको डेमोक्रेटिक पार्टीई एक तुल्याउनुछ भने कामदार वर्गका गोरा, हिस्प्यानिक तथा यहुदीहरूले आफूलाई धेरै र्समर्थन गर्दैनन् भन्ने व्यापक विश्वासलाई गलत सावित गर्नु पर्नेछ । उनी राष्ट्रिय सुरक्षा मामिलामा कमजोर छन् भन्ने रिपब्लिकन प्रतिपस्पर्धी जोन मक्केनको आरोपको पनि सामना गर्नु पर्नेछ ।

आफ्ना पूर्वपास्टर अश्वेत जेरेमिया राइटले कालाहरूको दुर्गतिका लागि गोरा बहुल अमेरिकी सरकारहरू भएको दाबी गर्दै अमेरिका एड्स फैलाएर कालाहरू मार्न लागिपरेका जस्ता अतिवादी विचार र्सार्वजनिक गरेपछि ओबामालाई ठूलो दबाब परेको छ । दुइ प्रमुख भाषणमार्फ उनले ती पास्टरबाट आफूलाई कडा ढंगमा अलग्याएका छन् । रंगकै बारेमा अर्को भाषण गर्ने तयारीमा उनी छन् । केन्याली अश्वेत बाबु र अमेरिकी कान्सास राज्यकी गोरी आमाबाट जन्मेका ओबामाले त्यो आफ्नो राष्ट्रियतामा शंका गर्नेहरूलाई दह्रोसँग सम्बोधन गर्ने योजना पनि बनाएको पत्रिकाहरूले लेखेका छन् ।

ओरेगनको जितको उत्सव आयोआमा मनाएर ओबामाले एउटा प्रस्ट सन्देश दिएका छन् । गोरा बहुल आयोआले हिलारी र्समर्थकहरूलाई चकित तुल्याउँदै ओबामालाई विजयी बनाएको थियो । ओरेगनको चुनाव एक दिनअघि उनले त्यही राज्यको पोर्टल्यान्ड, जसलाई अमेरिकाकै सबैभन्दा गोरा राज्य मानिन्छ, मा अहिलेसम्मकै सबैभन्दा ठूलो जनसमूहलाई सम्बोधन गरेका थिए । ७५ हजार मानिस त्यहाँ पुगेका थिए । चौरमा नअटाउनेहरूले नजिकैको समुद्रमा डुङ्गा चढेर ओबामालाई सुनेका थिए । त्यो आर्श्चर्यजनक उपस्थितिले ओबामालाई गोराहरूले समेत उत्तिकै रुचाएको अड्कल गरियो । तर मंगलबारकै केन्टकीको चुनावमा बहुसंख्यक गोराहरूले हिलारीलाई मत दिए । १० मा २ गोराले प्रस्टै भने- हामी काला ओबामालाई भोट हाल्दैनौं ।

सन् १९७२ मा आधुनिक एक्जिट पोल अर्थात् मतदानलगत्तै लिइने र्सर्वेक्षणहरू सुरु भएयता कुनै पनि डेमोक्रेटिक राष्ट्रपतीय उम्मेदवारले गोराहरूको बहुमत हासिल गरेको छैन । सबैभन्दा तीव्र प्रतिस्पर्धा १९९२ मा भएको थियो, जतिबेला ३९ प्रतिशत गोराले बिल क्लिन्टनलाई र ४० प्रतिशतले जर्ज बुसलाई भोट हालेका थिए ।

मक्केनसँग लड्न ओबामालाई कमजोर पार्नेगरी हिलारी किन ज्याद्रो भएर लागेकी होलिन् ? आफ्ना र्समर्थक विशेषगरी भर्खरका महिलाहरूलाई आफू हरुवा होइन र अरूले धकेल्दैमा पन्छिने व्यक्ति होइन भन्ने सावित गर्न हिलारीले चाहेको उनका निकटवर्तीहरूले बताएका छन् । ‘मनोनयन जित्नु टाढाको कुरा भएको हिलारीलाई थाहा छ, तर उनी ठान्छिन्, राजनीति अनुमान गर्न नसकिने त्यस्तो विषय हो, जहाँ कुनै पनि दिन जे पनि हुनसक्छ’, टाइम्सले लेखेको छ- ‘के थाहा अबका केही दिनमा ओबामा कुनै काण्डमा मुछिने हुन् कि ?’

हिलारीले ओबामाको उपराष्ट्रपति हुने कुरालाई उति गम्भीरसाथ नलिएपनि लोकप्रिय मत जम्मा गरेर र उच्चविन्दुमा दौडबाट बाहिरिएर आफ्नो आत्मसम्मान कायम राख्नेचाहेको धेरैको अनुमान छ । त्यस्तो अवस्थाले हिलारीलाई मक्केनसँग ओबामाले हारेमा २०१२ र सम्भवतः २०१६ को चुनावमा उठ्ने स्थिति दह्रो तुल्याउनसमेत सहयोग पुर्याउने विश्लेषण केहीले गरेका छन् ।

Read Full Discussion Thread for this article