Posted by: Birkhe_Maila June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

उत्तर आउने क्रम जारी छ र पुस्तक छापिने क्रम पनि जारी छ! अहिले जति आउँछ लेख्दै जानुहोस र सम्झे पछि थप्दै जानुहोस। जतिबेला अब भयो भन्ने लाग्छ सो उत्तरलाई फाइनल भनेर उल्लेख गर्नुहोस! कापी जाँच आइतबार बेलुका गरिने छ र भोलिपल्ट रिजल्ट प्रकाशित गरिने छ! पुरस्कार पाउनुहुने महानुभावलाई ई-पुस्तक, ई-फेडेक्स द्वारा ओभरनाईट माफ गर्नुहोस ओभरमिनट पोस्ट गरिने छ! साथै प्रथमहुलेलाई, कम्पलिमेन्टरी प्याकेजको पनि व्यवस्था छ! चौतारीका औतारी श्रि मदनवा महतोको कविता (जसलाई उनले गना-कबिता भन्न रुचाउँछन्) को रंगि चंगी हास्य कबिताहरुको संग्रह तथा  चौतारीकै अर्का औतारी भगुतभाई भन्डारी द्वारा लिखित उपन्यास 'सरुको यादमा' को कम्प्लिमेन्टरी कपि उपलब्ध गराइने छ। त्यति मात्र कहाँ हो र, प्रथम हुनेले मिठो मिठो खाउन भनेर मिठा मिठा परिकारहरुको आफ्नै ठेट नेपाली भाषामा लेखिएको रेसिपीको संग्रह पनि दिइने छ! राम्रो संग पढ्नुहोस र परिक्षा दिनुहोस, पुरस्कार पाउनुहोस!

धन्यवाद्

चौतारी परिक्षा नियन्त्रण कार्जेलय

Read Full Discussion Thread for this article