Posted by: copycat June 5, 2008
Rahul bhai
Login in to Rate this Post:     0       ?        
हो राहुलभाइ आइपुगेर पनि गइसके

हो
प्रभात सँगै
मस्तिस्क भरि तारेमाम तारेमाम को मन्त्र लिएर
राहुलभाइले धमाकेदार एन्ट्रि दिए ।
ढोकाबाट धोका छिर्न नदिन एकछिन
प्रभातको कलिलो मुटुमा 'सेन्ट्रि' दिए
ढोकामा भित्र बाहिर गर्ने को को देखे?
यो पनि उनले आफ्नो मनमा नै लेखे
निकैबेर उनले रिसोच गरे
निचोड निकाले या निकालेनन
उनले केहि बोलेनन
सायद
मनको ढोका धेरैलाइ खोलेको दावि निरर्थक देखे
मनको सँगित आवाजरहित देखे
बोलि प्रस्फुटन गराउने हेतु
प्रेमलिप्सा बिस्फोटन हेतु
बन्द ढोका फोड्ने हेतु
उनि तारेमाम तारेमाम को मन्त्र पनि नसुनाइ
अझ बढि चिच्याहट सुन्न
आर्तनादको आलाप चाख्न
बिना तारेमाम
लुसुक्क निस्के, सायद।

Read Full Discussion Thread for this article