Posted by: Birkhe_Maila June 5, 2008
Rahul bhai
Login in to Rate this Post:     0       ?        

राहुलभाई आइपुगे

 

प्रभात! ऊ उता हेर त!

पूर्वको लाली संगै पर क्षितिज तिर।

केहि टल्केको। केहि सल्केको।

अहो! ल तुवाँलो आइपुग्यो!

तुवाँलो संगै सल्केको चिलिम बोकेर,

इस्टकोटमा गलबन्दी भिरेर,

आइपुगे राहुलभाई, राहुलभाई आइपुगे!!

 

ऊ!, राम्रो संग सुन त!

शंखनाद जस्तो अलंकार!

'तारेमाम' 'तारेमाम'को पवीत्र ध्वनीका साथ,

बगलीमा कलम भिरेर,

आइपुगे राहुलभाई, राहुलभाई आइपुगे!!

 

हे बालक हो प्याज काट!

हे स्त्री हो लसुन थिच!

हे भान्से हो किमा मुछ!

नून र तेलको मात्रा मिलाउँदै,

म:म को कर्कल ध्वनीका साथ,

आइपुगे राहुलभाई, राहुलभाई आइपुगे!!

Read Full Discussion Thread for this article