Posted by: PallaGhareAntare June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै

जदौ!

Read Full Discussion Thread for this article