Posted by: bikash kc June 4, 2008
ज्ञानेन्द्रलाई नागार्जुन दरबार....have your say!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
राजनीति
'नागार्जुन दरवार दिनु ठिक भएन'
माओवादी संलग्न मन्त्री परिषदले पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दरवार दिने निर्णय गरेकै दिन एक जना वरिष्ठ माओवादी नेताले सरकारको त्यो निर्णयको बिपक्षमा बोलेका छन् ।

२२ जेष्ठ २०६५ | १५:३५ मा पोष्ट गरिएको
प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबासका निम्ति नागार्जुन दरवार दिनुहुन्थेन भनेका छन् । बागमति सरसफाई अभियानले जेठ २२ गते राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै गजुरेलले नागर्जुन दरवार राष्ट्रियकरण भइसकेकाले पूर्व राजालाई त्यो दरवार दिनु ठिक नभएको उल्लेख गरे । 'ज्ञानेन्द्र सामान्य नागरिक भइसकेका छन्, उनलाई दरवार दिनु ठिक भएन' गजुरेलले भने ।

माओवादी संलग्न मन्त्री परिषदले आजै पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दिने निर्णय गरेको थियो । मन्त्री परिषदको बैठकमा माओवादी मन्त्रीहरुले त्यसबारे निर्णय हुँदा असहमति जनाए/नजनाएको स्पष्ट भएको छैन । कार्यक्रममा उपस्थित अर्थ मन्त्री तथा नेपाली कांग्रेस नेता डा. रामशरण महतले भने पूर्व राजालाई बासस्थानका लागि नागार्जुन दरवार दिने सरकारको निर्णयबारे केही बोलेनन् ।  

http://himalkhabar.com/news.php?id=1018

Last edited: 04-Jun-08 10:16 AM
Read Full Discussion Thread for this article