Posted by: bikash kc June 4, 2008
Login in to Rate this Post:
0
?
ज्ञानेन्द्रलाई नागार्जुन दरबार |
२२-जेठ-२०६५,बुधवार | |
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहलाई बस्नका लागि सरकारले यसअघि नै राष्ट्रियकरण गरेको नागार्जुन दरबार दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई तत्कालका भने पनि कति समयलाई भनेर नतोकिकन नागार्जुन दरबार दिने निर्णय गरेको हो। नागार्जुन दरबार ज्ञानेन्द्रलाई दिने प्रस्तावको विपक्षमा माओवादीका मन्त्रिहरु रहेको भए पनि हाललाई अर्को व्यवस्था नभएसम्मका लागि दिने सहमति बनेको बैठकस्रोतले बताएको छ। नागार्जुन दरबार ज्ञानेन्द्रलाई दिने निर्णयमा मन्त्रिपरिषद् बैठकमा चर्को विवाद भएको छ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले असहमति राख्दै बैठकमा ज्ञानेन्द्रलाई दरबार दिने निर्णय गर्न लागेपछि आफूले बैठक नै छोडेर हिडेको बताउनुभयो। आजको बैठकले ज्ञानेन्द्रलाई दरबार भोगचलन गर्न दिने एउटामात्र निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले बैठकपछि पत्रकारहरुलाई बताउनुभयो। बैठकमा संविधान संशोधन, २६ सभासद् मनोनयनलगायतका विषयमा छलफल भए पनि दलहरुले सहमति नबनाएकाले कुनै निर्णय हुन सकेन। सरकारले नागार्जुन दरबार दिने भए पछि यसै सातासम्ममा पूर्व राजा ज्ञानेन्द्र नागार्जुन सर्ने नारायणहिटीस्रोतले बताएको छ। |
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=11009