Posted by: ( * )( * ) June 3, 2008
Eating Beef in NEPAL
Login in to Rate this Post:     0       ?        
take this biatch


गणतन्त्रमा गाईको बलि


श्रीराम सिग्देल÷पोखरा

मुलुकमा गणतन्त्रको खुशीयाली धेरै जनताले अबिर दलेर नाचगान गरी मनाए । तर कास्कीमा त्यसको विपरीत माओवादीको भातृ संगठन वाईसीएलले गणतन्त्रको उत्सवमा गाई काटेर भोज खाई खुशीयाली मनाएका छन् ।

कास्की जिल्ला पोखरा उपमहानगरपालिकासँगै जोडिएको मौजा गाविसमा वाईसीएल कार्यकर्ताले गाई काटेर सार्वजनिकरुपमै मासु खाएका छन् । गाउँको वडा नं। १ स्थित छ्यापू भन्ने वस्तीमा चार वर्षको कोरली गाई काटेको र सबै गाउँलेलाई खान बोलाएको एक स्थानीय गाउँलेले बताए । वाईसीएलका झण्डै ५०÷६० जनाको जत्थाले स्थानीय बाँनिया थरका व्यक्तिको घरमा गाई काटेर मासु पकाई खाएका हुन् ।

गाउँकै बेलु कमिनिको घरबाट पैसा दिउँला भनी वाईसीएलले कोरली गाई लगेका थिए । ुबहर लाउन ठिक्क परेको गाई काटेर खाएु- यिनलाई धर्मको डर रहेनछु-स्थानीय एक विकले दृष्टिलाई बताइन् । वाईसीएलले यस अगाडि पनि पटक-पटक गाई काटेर खाने जमर्को गरेका थिए । गाईको मासु खानेहरुमा बाहुन् क्षेत्री गुरुङ मगर दमाई कामी सबै जातका भएको एक स्थानीयले बताए ।

बेलु कमिनीलाई उनीहरुले गाई लगेबापत अहिलेसम्म कुनै रकम दिएका छैनन् । ुगाउँभरि खसी बोका कुखुरा प्रशस्त छन् र पनि गाई नै काटेर खानुको रहस्य के हो गाउँलेहरु अचम्मित भएका छन् । वाईसीएलले पर्वत जिल्लामा पनि गाई काटेर मासु खाएको स्थानीय एक व्यक्तिले बताए । यसअघि पनि संविधानसभा निर्वाचन जितेपछिको विजय र् यालीमा खोटाङको सदरमुकाम दिक्तेलमा माओवादी कार्यकर्ताहरुले गाई काटी मासु खाएका थिए । त्यसैबेला रामेछापमा पनि माओवादी कार्यकर्ताले गाई काटी मासु खाएको खबर छापाहरुमा छाएको थियो ।

गाईलाई नेपाली समाजमा लक्ष्मी भगवानको उपमा मानेर पूजा गर्ने गरिए पनि र गाईलाई राष्ट्रिय जनावर मानिएको कारणले कानुनमै काट्न नपाइने उल्लेख भए पनि माओवादीका कार्यकर्ताहरुले गाई काटेर खानु कानुनी राज्यकै उपहास हो । गाई संविधानसभाको चुनावमा राजावादी पार्टी राप्रपा नेपालको चुनाव चिन्ह थियो । http://www.nepalnews.com/contents/2008/nepaliweekly/dristi/jun/jun03/index.php#2

Read Full Discussion Thread for this article